भलिबल क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबको विजयी शुरुआत « Khabarhub

भलिबल क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबको विजयी शुरुआत


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचौँ संस्करणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार दिउँसो सम्पन्न पुरुष भलिबलमा आर्मीले आरजे भलिबल ग्रुपलाई ३–० सेटले पराजित गरेको हो ।

आर्मीले आरजे गु्रपलाई २५–९, २५–१६ र २५–९ अङ्कले हरायो । जितसँगै आर्मीले २ अङ्क जोडेको छ । प्रतियोगितामा पुरुषतर्फ ११ तथा महिलातर्फ ७ टोलीको सहभागिता छ ।

महिलातर्फ शुक्रबार नै होङ्गवाञ्जी न्यू डायमण्ड क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । पुरुष भलिबलमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । चारै समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

पुरुषतर्फको समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, आरजे भलिबल ग्रुप र नयाँ बजार सामाजिक क्लब, समूह ‘बी’ मा एपीएफ, बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, समूह ‘सी’मा नेपाल पुलिस क्लब, मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब तथा समूह ‘डी’ मा हेल्प नेपाल स्पोर्टस् क्लब र बुद्धटोल युवा भलिबल क्लब छन् ।

यस्तै महिलातर्फ समूह ‘ए’ मा एपीएफ क्लब, आर्मी क्लब, जाउलाखेल र भरतपुर महानगर तथा समूह ‘बी’मा न्यु डायमण्ड स्पोर्टस् क्लब, पुलिस क्लब र ढोरपाटन स्पोर्टस् क्लब छन् ।

दुवै समूहका शीर्ष दुई/दुई टोली सेमिफाइनल पुग्नेछन् । पुरुष तथा महिला भलिबल विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ३ : ०८ बजे

एनपीएल खेल्न नेपाल आइपुगे डेभिड वार्नर (तस्बिरहरू)

काठमाडौं – अस्ट्रेलियाका स्टार क्रिकेटर डेभिड वार्नर नेपाल आइपुगेका छन्

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर