भलिबल क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबको विजयी शुरुआत « Khabarhub

भलिबल क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबको विजयी शुरुआत


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँचौँ संस्करणको आरबीबी एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले विजयी शुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद् (राखेप) को कभर्ड हलमा शुक्रबार दिउँसो सम्पन्न पुरुष भलिबलमा आर्मीले आरजे भलिबल ग्रुपलाई ३–० सेटले पराजित गरेको हो ।

आर्मीले आरजे गु्रपलाई २५–९, २५–१६ र २५–९ अङ्कले हरायो । जितसँगै आर्मीले २ अङ्क जोडेको छ । प्रतियोगितामा पुरुषतर्फ ११ तथा महिलातर्फ ७ टोलीको सहभागिता छ ।

महिलातर्फ शुक्रबार नै होङ्गवाञ्जी न्यू डायमण्ड क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुने नेपाल भलिबल सङ्घका महासचिव जीतेन्द्रबहादुर चन्दले जानकारी दिए । पुरुष भलिबलमा सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । चारै समूहको शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्नेछन् ।

पुरुषतर्फको समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, आरजे भलिबल ग्रुप र नयाँ बजार सामाजिक क्लब, समूह ‘बी’ मा एपीएफ, बुलबुले रारा क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, समूह ‘सी’मा नेपाल पुलिस क्लब, मणिमुकुन्द भलिबल क्लब र पार्वती भलिबल क्लब तथा समूह ‘डी’ मा हेल्प नेपाल स्पोर्टस् क्लब र बुद्धटोल युवा भलिबल क्लब छन् ।

यस्तै महिलातर्फ समूह ‘ए’ मा एपीएफ क्लब, आर्मी क्लब, जाउलाखेल र भरतपुर महानगर तथा समूह ‘बी’मा न्यु डायमण्ड स्पोर्टस् क्लब, पुलिस क्लब र ढोरपाटन स्पोर्टस् क्लब छन् ।

दुवै समूहका शीर्ष दुई/दुई टोली सेमिफाइनल पुग्नेछन् । पुरुष तथा महिला भलिबल विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टोलीले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले जनही २५ हजार, उत्कृष्ट लिब्रो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ३ : ०८ बजे

विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छ : रास्वपा सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्राकृतिक विपद्को

मुस्ताङलाई भूराजनीतिक प्रतिस्पर्धाको अखडा बन्न नदिन राष्ट्रिय मुक्ति क्रान्तिको आग्रह

काठमाडौं– मुस्ताङलाई अन्तर्राष्ट्रिय शक्ति राष्ट्रहरूको सैन्यकरण र भूराजनीतिक प्रतिस्पर्धाको क्रीडास्थल

अमेरिकाले विश्वव्यापी भिसा समय रोकेको रिपोर्ट

वासिङ्टन– राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकी प्रशासनले आप्रवासनसम्बन्धी छानविन कडा

रास्वपा सचिवालय बैठक बस्दै

काठमाडौं– सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को सचिवालय बैठक बस्ने

प्रहरी सुरक्षित भए मात्रै नागरिक सुरक्षित हुन्छन् : प्रहरी महानिरीक्षक कार्की

बागलुङ– नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले प्रहरी सुरक्षित भएमा मात्रै