यो वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै हुने आइएमएफको प्रक्षेपण « Khabarhub

यो वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै हुने आइएमएफको प्रक्षेपण


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चालू आर्थिक वर्षका लागि आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले प्रक्षेपण गरेको छ ।

लाउरा जस्माइलोको नेतृत्वमा ५ सदस्यीय टोली नेपालको अर्थतन्त्रको अवस्थाका बारेमा अध्ययन गर्न आएको थियो । आइएमएफको आर्टिकल मिशन फोरले पत्रकार सम्मेलन गर्दै आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै हुने जनाएको हो । आइएमएफले यसअघि ६.३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

विद्युतको सहज, आपूर्ति राजनीतिक स्थायित्व तथा भूकम्पपछिको पुनर्निर्माणमा काम भइरहेको भए पनि सरकारले विकास खर्च गर्न नसकेको लगायतका कारणले प्रक्षेपण गरेअनुसार अर्थिक वृद्धि नहुने मिशनले निश्कर्ष निकालेको छ ।

सरकारले भने साढे ८ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ । आइएमएफले भनेको भन्दा बढी आर्थिक वृद्धिदर हुने सक्ने अर्थमन्त्री युवराज खतिवडाले बताए । मिशन फोरको टोलीसँगको ओपनिक छलफलमा खचिवडाले भनेका थिए, ‘तपाईंहरुले पोहोर साल पनि निकै कम मात्रै आर्थिक वृद्धिदर हुन्छ भन्ने प्रक्षेपण गर्नुभयो, हामीले तपाईंहरुको प्रक्षेपणभन्दा धेरै गर्यौं, यो वर्ष पनि तपाईंहरुको प्रक्षेपणभन्दा धेरै निकै धेरै आर्थिक वृद्धिदर हुन्छ ।’

प्रत्येक वर्ष आइएमफको टोलीले स्थलगत अध्ययन गरी आफ्नो प्रतिवेदन सार्वजनिक गर्दै आएको छ । टोलीले तयार पारेको रिपोर्ट आइएमएफको सञ्चालक समितिले पारित गरेपछि मात्रै सार्वजनिक हुन्छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ४ : २७ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका