भारतले बढायो पेट्रोलको मूल्य, नेपालमा भने तत्काल नबढ्ने « Khabarhub

भारतले बढायो पेट्रोलको मूल्य, नेपालमा भने तत्काल नबढ्ने


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निमगले इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट पेट्रोलिय पदार्थको मूल्य सूची बढेर आएको जनाएको छ ।

आईसीले बिहीबार पठाएको मूल्य सूचीमा पेट्रोल र डिजेको मूल्य केही बढेर आएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा समेत पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएकाले बिक्री मूल्य समायोजन गर्नु पर्ने अवस्था देखिए पनि तत्कालका लागि मूल्य भने नबढाइने निगले जनाएको छ ।

निगमले आफ्नो ५० औं स्वर्ण जयन्तीको अवसरमा आम उपभोक्तालाई सहुलियत दिने उद्देश्यले पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्यलाई हाललाई यथावत नै राख्ने निर्णय भएको निगमले जनाएको छ ।
निगमले गत पुस १६ गते मात्रै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा बृद्धि गरेको थियो ।

हाल पेट्रोल प्रतिलिटर १११ र डिजेल तथा मट्टितेल प्रतिलिटर १०० रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ५ : ३० बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत