भारतले बढायो पेट्रोलको मूल्य, नेपालमा भने तत्काल नबढ्ने « Khabarhub

भारतले बढायो पेट्रोलको मूल्य, नेपालमा भने तत्काल नबढ्ने


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल आयल निमगले इण्डियन आयल कर्पोरेशन (आईओसी)बाट पेट्रोलिय पदार्थको मूल्य सूची बढेर आएको जनाएको छ ।

आईसीले बिहीबार पठाएको मूल्य सूचीमा पेट्रोल र डिजेको मूल्य केही बढेर आएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए ।

अन्तर्राष्ट्रिय बजारमा समेत पेट्रोलियम पदार्थको मूल्य बढ्दै गएकाले बिक्री मूल्य समायोजन गर्नु पर्ने अवस्था देखिए पनि तत्कालका लागि मूल्य भने नबढाइने निगले जनाएको छ ।

निगमले आफ्नो ५० औं स्वर्ण जयन्तीको अवसरमा आम उपभोक्तालाई सहुलियत दिने उद्देश्यले पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्यलाई हाललाई यथावत नै राख्ने निर्णय भएको निगमले जनाएको छ ।
निगमले गत पुस १६ गते मात्रै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा बृद्धि गरेको थियो ।

हाल पेट्रोल प्रतिलिटर १११ र डिजेल तथा मट्टितेल प्रतिलिटर १०० रुपैयाँमा बिक्री भइरहेको छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ५ : ३० बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।