आइतबारसम्म हिमपात र वर्षाको सम्भावना, आज सबैभन्दा धेरै विरेन्द्रनगरपछि काठमाडौंमा वर्षा « Khabarhub

आइतबारसम्म हिमपात र वर्षाको सम्भावना, आज सबैभन्दा धेरै विरेन्द्रनगरपछि काठमाडौंमा वर्षा


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी आइतबारसम्म मुलुकका पहाडी तथा हिमाली भेगका केही स्थानमा वर्षासँगै भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

शुक्रबार साँझ छ बजे मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले आइतबारसम्म केही स्थानमा आंशिक बदली भइ वर्षा हुने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको जनाएको हो ।

नेपालको पश्चिमी भू-भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव बुधबार रातिबाटै शुरु भएको महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार मध्य तथा पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। मध्य तथा पश्चिम र पूर्वी पहाडी भू्भागमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।

महाशाखाले देशभर सामान्यदेखि पूर्णतया बदली भई अधिकांश स्थानहरुमा वर्षा/हिमपात भइरहेको जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ३ गते (शुक्रबार)

रातिः देशभर सामान्य बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्का वर्षा र थोरै स्थानहरुमा मध्यम वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।

माघ ४ गते (शनिबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी तथा तराई भू-भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिः देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली र तराईका भु-भागमा आंशिक बदलि भई पहाडी भू-भागका थोरै स्थानमा हल्का बर्षा हुन सक्ने सम्भावना रहेको छ।

माघ ५ गते (आइतबार)

दिउँसो : देशभर सामान्यतया सफादेखि आंशिक बदली भई पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

रातिः देशभर सामान्यतया सफादेखि आंशिक बदली रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको साथै उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखि मध्यम हिमपातका सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन तथा यसबाट हुने चिसोबाट बच्नु हुन सर्वसाधारण लाई अनुरोध गरेको छ ।

महाशाखाले सवैभन्दा बढी विरेन्द्रनगर सुर्खेतमा ६० मिलिमिटर , काठमाडौं ४८ मिलिमिटर र भैरहवमा ४१.३ मिलिमिटर वर्षा भएको जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ६ : २९ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना