महाविर पुनको आविष्कार केन्द्रलाई नौमती बाजा समूहद्वार १ लाख सहयोग « Khabarhub

महाविर पुनको आविष्कार केन्द्रलाई नौमती बाजा समूहद्वार १ लाख सहयोग


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- म्याग्दीको बेगखोलास्थित बोगखोला नौमती बाजा समूहले महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई एक लाख रुपैयाँ सहयोग गरेको छ ।
नौमती बाजा समूहले गाउँघरमा हुने विवाह, पास्नी तथा सार्वजनिक कार्यक्रममा प्राप्त हुने आम्दानीबाट बचत गरेको रु एक लाख रुपैयाँ आविष्कार केन्द्रलाई सहयोग गरेको हो ।

समूहका सदस्य तुलप्रसाद फगामी, थमप्रसाद फगामी र यामबहादुर पूर्जाले पोखराको न्यूरोड स्थित इस्माइल क्याफेमा राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनलाई भेटेर सो रकम हस्तान्तरण गरेका हुन् ।

सोही अवसरमा रघुगङ्गा गाउँपालिका–१ का अध्यक्ष बिलबहादुर फगामीले व्यक्तिगतरुपमा रु १० हजार प्रदान गरेका थिए ।

नौमती बाजा समूहले विवाह लगायतका कार्यक्रममा बाजा बजाएर प्राप्त गरेको आम्दानी तीन भाग लगाई दुई भाग समूहमा संलग्नले पारिश्रमिक लिने र एक भागलाई सामाजिक कार्यमा सहयोग गर्नका लागि कोषमा जम्मा गरी राख्ने गरेको बेग नौमती बाजा समूहका सदस्य तुलप्रसाद फगामीले जानकारी दिए।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ७ : ५४ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर