दक्षिण अफ्रिकाविरुद्धको टी – ट्वान्टी सिरिज इङ्ल्याण्डलाई « Khabarhub

दक्षिण अफ्रिकाविरुद्धको टी – ट्वान्टी सिरिज इङ्ल्याण्डलाई


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी-ट्वान्टी क्रिकेट सिरिज इंग्ल्यान्डले २- १ ले जितेको छ ।

सेन्चुरियनमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै इंग्ल्यान्डले सिरिज २-१ ले जितेको हो ।

दक्षिण अफ्रिकाले दिएको २ सय २३ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभर १ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।

इंग्ल्यान्डको जितमा कप्तान इयान मोर्गनले अविजित ५७ रनको अर्धशतकीय इनिङ्स खेले । उनले २१ बलमा अर्धशतक पुरा गर्दै सर्वाधिक कम बलमा अर्धशतक पुरा गर्ने कीर्तिमानमा बराबरी गरे ।

यस्तै जोनी बेयरस्ट्रोले ६४ तथा जोस बटलरले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । दक्षिण अफ्रिकाका लुंगी नेग्दीले २ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर २ सय २२ रन बनाएको थियो ।

दक्षिण अफ्रिकाका हेन्रिच क्लासेनले ६६ रनको अर्धशतकीय इनिङ्स खेल पनि इंग्ल्याण्डलाई हराउन सकेनन । यस्तै टेम्बा बाभुमाले ४९ रन बनाए । क्विनटन डी कक र डेभिड मिल्लरले समान ३५/३५ रन बनाए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ६ : १७ बजे

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न

देउवा समूहलाई गगनको आग्रह- अदालत धाउने काम बन्द गर्नूस्

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीभित्रको विवाद अन्त्य