रियल र सेल्टाले अंक बाड्दा बार्सिलोनालाई फाइदा « Khabarhub

रियल र सेल्टाले अंक बाड्दा बार्सिलोनालाई फाइदा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  स्पेनिस लिगमा शीर्ष स्थानको रियल मड्रिडले बराबरीमा रोकिदा बार्सिलोनालाई लाभ मिलेको छ ।

आईतबार राति भएको खेलमा रियलले सेल्टा डी भिगोसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीको नतिजासंगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग अंक दुरी बढाउने मौका गुमाएको छ ।

फेडर स्मोलोभले स्पेनिस लिगमा पहिलो गोल गर्दै सेल्टालाई सातौं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । टोनी क्रुसले ५२ औं मिनेटमा रियलका लागि बराबरी गोल गरे । सर्जियो रामोसले ६५ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई अगाडी बढाएका थिए ।

खेल सकिन ५ मिनेट बाँकी छदाँ सेल्टाका मिना लोरेन्जोले गोल गर्दै रियलसंग अंक खोस्न सफल रहे । रियलका लागि इडेन हजार्ड लामो समयपछि मैदान फर्किएका थिए । रियलले सन् २०१२ मा पछिल्लो पटक स्पेनिस लिगको उपाधि जितेको थियो ।

लिगमा अब १४ खेल बाँकी रहँदा रियलले दोस्रो स्थानको बार्सिलोनासंग एक अंकको अग्रता लिएको छ । रियल ५३ अंक सहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ७ : ३१ बजे

बाँकेमा देखिन थाल्यो डेंगु

नेपालगञ्ज- जिल्लामा डेंगुको संक्रमण देखिन थालेको छ। स्वास्थ्य कार्यालय बाँकेले

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

बाँके – जिल्लामा डेङ्गुको सङ्क्रमण देखिन थालेको छ । स्वास्थ्य

कानुनविपरित भीभीआईपी र भीआईपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई फिर्ता गर्न निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले कार्यविधिविपरित अति विशिष्ट (भीभीआईपी) र विशिष्ट

‘अवैध मार्ग’ हर्मुज हुँदै जाँदै गरेको ट्याङ्करमाथि प्रहार गरेको इरानको दाबी

तेहरान – इरानको रिभोलुसनरी गाड्र्सले शुक्रबार हर्मुज जलमार्ग हुँदै ‘अवैध

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको