रियल र सेल्टाले अंक बाड्दा बार्सिलोनालाई फाइदा « Khabarhub

रियल र सेल्टाले अंक बाड्दा बार्सिलोनालाई फाइदा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  स्पेनिस लिगमा शीर्ष स्थानको रियल मड्रिडले बराबरीमा रोकिदा बार्सिलोनालाई लाभ मिलेको छ ।

आईतबार राति भएको खेलमा रियलले सेल्टा डी भिगोसंग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बराबरीको नतिजासंगै रियलले दोस्रो स्थानको बार्सिलोनासंग अंक दुरी बढाउने मौका गुमाएको छ ।

फेडर स्मोलोभले स्पेनिस लिगमा पहिलो गोल गर्दै सेल्टालाई सातौं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । टोनी क्रुसले ५२ औं मिनेटमा रियलका लागि बराबरी गोल गरे । सर्जियो रामोसले ६५ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै रियललाई अगाडी बढाएका थिए ।

खेल सकिन ५ मिनेट बाँकी छदाँ सेल्टाका मिना लोरेन्जोले गोल गर्दै रियलसंग अंक खोस्न सफल रहे । रियलका लागि इडेन हजार्ड लामो समयपछि मैदान फर्किएका थिए । रियलले सन् २०१२ मा पछिल्लो पटक स्पेनिस लिगको उपाधि जितेको थियो ।

लिगमा अब १४ खेल बाँकी रहँदा रियलले दोस्रो स्थानको बार्सिलोनासंग एक अंकको अग्रता लिएको छ । रियल ५३ अंक सहित शीर्ष स्थानमा छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ७ : ३१ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका