पूर्व सभामुख महराको मुद्दामा आज फैसला « Khabarhub

पूर्व सभामुख महराको मुद्दामा आज फैसला


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध परेको जबर्जस्ती करणी उद्योग मुद्दाको फैसला आज आउँदैछ ।
मुद्दाको बहस आइतबार नै सकिए पनि फैसला लेख्न समय नपुगेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लव मैनाली लगायतका ३७ जना अधिवक्ताले बहस गरेका थिए । संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। लगत्तै उनी असोज १९ गते महाअष्टमीका दिन सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए ।

करिव १ महिना प्रहरी हिरासतमा रहेका महरालाई काठमाडौं जिल्ला अदालतले कात्तिक १९ गते पुर्पक्षका लागि जेल चलान गराउने आदेश दिएपछि उनी डिल्लिबजार कारागारमा छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ८ : ४९ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव