शिक्षकको अश्लिल हर्कत सहन नसकेपछि १९ छात्राले लेखे ‘प्रिन्सिपल’लाई पत्र | Khabarhub Khabarhub

शिक्षकको अश्लिल हर्कत सहन नसकेपछि १९ छात्राले लेखे ‘प्रिन्सिपल’लाई पत्र


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विद्यालयमा विद्यार्थीहरु ज्ञान बटुल्न जान्छन् । गुरुको कर्तव्य उनीहरुलाई सत्मार्ग देखाउनु हो । गुरु शब्दको शाब्दिक अर्थ हुन्छ– अध्यारोबाट उज्यालोतर्फ लैजाने मार्गदर्शक ।

संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश, त्यसैले सही अर्थमा गुरु ति हुन्- जसले आफ्ना शिष्यहरुलाई मार्गदर्शन दिन्छन् । सही बाटोमा हिड्न प्रेरित गर्छन् ।

तर, ललिपुरको एक विद्यालयका गुरुले गुरुको भूमिका ननिभाएको छात्राहरुको आरोप सार्वजनिक भएको छ । छात्राहरुले ‘प्रिन्सिपल’लाई निवेदन लेख्दै आफूमाथि गुरुले गरेको हिंसाको छानविनको माग गरेका छन् ।

३ देखि ५ कक्षा सम्म अध्ययन गर्ने छात्राहरुले सामूहिक रुपमा लेखेको निवेदनमा एक जना शिक्षकले बालिकामाथि गरेको व्यवहार निकै घीन लाग्दो छ ।

ललितपुरको टिकाथलीस्थित श्री नारायण आधारभूत विद्यालयमा अध्ययनरत छात्राहरुले आफूहरुमाथि अभद्र व्यवहार भएको तथा आफूहरु अन्यायमा परेको भन्दै पत्रमार्फत न्याय खोजेका छन् ।

उनहरुले पत्रमा ‘नन्द’सरको नाम किटान गर्दै लेखेका छन्– ‘हामीलाई नराम्रो तथा अभद्र व्यवहार गरेकाले छानविन गरिदिन आग्रह गर्दछौं ।’

पत्रमा छात्राहरुले लेखेका छन्,‘हामी केटीहरुमाथि अन्याय अत्याचार भएको छ । केटीहरुलाई ढाडमा सुम्मुमाउने, छाती तिर छुन आउने, विभिन्न अंगहरुमा छुन आउने, नचाहिँदो व्यवहार गर्ने । हामी यस्तो समस्यामा परेका छौं । हामी यस्तो अत्याचार सहन सक्दैनौं । नन्दसरले हामीलई नराम्रो व्यवहार गरेकोले तपाईहरुले छानवीन गरिदिन अनुरोध गर्दछौं ।’

शिक्षकले दुर्व्यवहार गरेको भन्दै निवेदन दिनेमध्येका केही ९ वर्षका रहेका छन् भने अन्य १३ वर्ष मुनिका छन् । उनीहरुले सामाजिक शिक्षा पढाउने ५० वर्षीय शिक्षक नन्दप्रसाद निरौलामाथि दुर्व्यहारको आरोप लगाएका हुन् ।

हातले लेखिएको निवेदन उनीहरुले शुक्रवार विद्यालयकी प्रधानाध्यापक सविता सिलवाललाई पेश गरेका छन् । निवेदन दिने मध्ये अधिकांश १३ वर्ष मुनिका रहेका छन् ।

प्रिन्सिपल सिलवालका अनुसार निरौलाविरुद्ध यसअघि पनि छात्रामाथि हिंसा गरेको आरोप लागेको थियो ।

‘उनीमाथि यसअघि पनि यस्तै आरोप लागेको थियो, त्यसपछि उनको सरुवा भएको थियो’ सिलवालले भनिन्,‘निरौला सर एक वर्ष पहिला मात्र हाम्रो स्कुलमा सरुवा भएर आउनु भएको हो ।’

निरौलाको व्यवहारबारे जानकार रहेका महिला शिक्षिकाहरु भने उनीबाट टाढै रहने गरेको सिलवालले बताइन् ।

छात्राहरुले निवेदन दिएपछि प्रधानाध्यापकले स्कूल व्यवस्थापन समितिको बैठकसमेत बोलाएकी थिइन् । जहाँ अश्लील हर्कत गर्ने निरौलामाथि कानूनी कारवाहीको बाटोमा जाने विषयमा शिक्षहरु विभाजित भएका थिए । विद्यालयको नाम खराब हुने भन्दै मत बाँझिएको थियो ।

यस्तो छ निवेदन

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ८ : ४६ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा