आयो गोजीमै हालेर हिँड्न मिल्ने एसी, यस्ता छन् विशेषता « Khabarhub

आयो गोजीमै हालेर हिँड्न मिल्ने एसी, यस्ता छन् विशेषता


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जापानी इलेक्ट्रोनिक्स कम्पनी सोनीले गोजीमा बोकेरै हिड्न मिल्ने सानो आकारको एयर कन्डिशनर बनाएको छ ।
मोबाइल फोन भन्दा पनि सानो यो एसी शर्ट वा टिशर्टमा फिट गरेर प्रयोग गर्न सकिन्छ ।

कम्पनीले यो सानो एसीको नाम रेओन पकेट (Reon Pocket) राखेको छ । प्रयोगकर्तालाई २४ सै घण्टा चिसो वा तातो पार्ने सुविधा यसमा उपलब्ध छ ।

कम्पनीका अनुसार यूजरले यसलाई घाँटीको तल्लो भागमा राखेर प्रयोग गर्न सक्नेछन् । यसका लागि विशेष किसिमको ब्याग बनाईएको छ र यो ब्याक पनि फरक फरक साइजमा उपलब्ध रहेको छ ।

यो पकेट एसीलाई कम्पनीले एउटा विशेष अण्डरशर्टका साथ प्रयोग गर्ने गरि ल्याएको छ । अण्डरशर्टलाई सो एसीका साथमा बिक्री गरिनेछ।

थर्मोइलेक्ट्रिक पेल्टियर एलिमेन्टद्धारा निर्माण गरिएको यो एसीले तीब्र गतिमा चिसो तथा तातो बनाउन सक्छ ।

यो एलिमेन्टको प्रयोग कार कूलर तथा वाइन कूलर्समा प्रयोग हुने गर्दछ र यसको लागि न्यून पावरको उपयोग हुन्छ । यो एसीको तापक्रमलाई स्मार्टफोनको माध्यमबाट नियन्त्रण गर्न सकिन्छ ।

यसमा राखिएको प्रविधिले यसले आफैं उपयुक्त तापक्रम सेट गर्न सक्दछ । रेओन पकेट एसीमा लिथियम आयन ब्याट्री राखिएको छ जसले २ घण्टाको चार्जमा दिनभर प्रयोग गर्न सकिन्छ ।

८५ ग्राम मात्र तौल रहेको यो एसीको मूल्य १३० डलर तोकिएको छ । हाल जापानमा मात्र बिक्री गरिने यो एसी परिक्षणको रुपमा ल्याइएको छ। परीक्षण सफल भएमा यसको विक्री विस्तार गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १० : २९ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको