चितवनमा पूर्वएमाले र पूर्वमाओवादी विद्यार्थीबीच झडप, पार्टी कार्यालय तोडफोड « Khabarhub

चितवनमा पूर्वएमाले र पूर्वमाओवादी विद्यार्थीबीच झडप, पार्टी कार्यालय तोडफोड


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू भित्रका विद्यार्थीहरुबीच उत्पन्न विवादले उग्ररुप लिँदा झडप भएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा भएको घटनालाई लिएर पूर्व माओवादी र पूर्व एमाले पक्षधर विद्यार्थीबीच झडप भएको हो ।

उनीहरुले चितवनमा रहेको जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन् । पूर्व माओवादी तर्फका विद्यार्थीहरुले एकीकृत भएर बनेको अनेरास्ववियूका केन्द्रीय सदस्य देव पाठकलाई रड प्रहार गरी घाइते बनाएका छन् ।

पाठकलाई घाइते बनाएको भन्दै आक्रोशित बनेका विद्यार्थीहरुले जिल्ला पार्टी कार्यालयमा पुगेर तोडफोड गरेका हुन् ।

विद्यार्थीहरुले पार्टी अध्यक्ष यमबहादुर परियारको कार्यकक्षमा तोडेका छन् ।

विद्यार्थीको तोडफोडबाट अध्यक्षको टेबलमा रहेको सिसा फुटेको छ । घटनाले उग्र रुप लिन थालेपछि पार्टी कार्यालयमा अहिले सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।

रामपुर क्याम्पसमा पूर्व एमाले र माओवादीका विद्यार्थीबीच विवाद छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  २ : ३३ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर