चितवनमा पूर्वएमाले र पूर्वमाओवादी विद्यार्थीबीच झडप, पार्टी कार्यालय तोडफोड « Khabarhub

चितवनमा पूर्वएमाले र पूर्वमाओवादी विद्यार्थीबीच झडप, पार्टी कार्यालय तोडफोड


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा सत्तारुढ दल नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू भित्रका विद्यार्थीहरुबीच उत्पन्न विवादले उग्ररुप लिँदा झडप भएको छ ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरमा भएको घटनालाई लिएर पूर्व माओवादी र पूर्व एमाले पक्षधर विद्यार्थीबीच झडप भएको हो ।

उनीहरुले चितवनमा रहेको जिल्ला पार्टी कार्यालयमा तोडफोड गरेका छन् । पूर्व माओवादी तर्फका विद्यार्थीहरुले एकीकृत भएर बनेको अनेरास्ववियूका केन्द्रीय सदस्य देव पाठकलाई रड प्रहार गरी घाइते बनाएका छन् ।

पाठकलाई घाइते बनाएको भन्दै आक्रोशित बनेका विद्यार्थीहरुले जिल्ला पार्टी कार्यालयमा पुगेर तोडफोड गरेका हुन् ।

विद्यार्थीहरुले पार्टी अध्यक्ष यमबहादुर परियारको कार्यकक्षमा तोडेका छन् ।

विद्यार्थीको तोडफोडबाट अध्यक्षको टेबलमा रहेको सिसा फुटेको छ । घटनाले उग्र रुप लिन थालेपछि पार्टी कार्यालयमा अहिले सशस्त्र प्रहरीले सुरक्षा दिइरहेको छ ।

रामपुर क्याम्पसमा पूर्व एमाले र माओवादीका विद्यार्थीबीच विवाद छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  २ : ३३ बजे

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग