बलात्कार मुद्दामा महराले पाए सफाइ « Khabarhub

बलात्कार मुद्दामा महराले पाए सफाइ


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व सभामुख कृष्ण बहादुर महराले सफाइ पाएका छन् ।

जबरजस्ती करणी उद्योगको मुद्दामा काठमाडौं जिल्ला अदालतले महारालाई सोमबार सफाइ दिएको हो ।

न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले भने, “अभियोग दाबी नपुगेकाले उनले सफाइ पाउने ठहर गरिएको छ।”

मुद्दाको बहस आइतबार नै सकिए पनि फैसला लेख्न समय नपुगेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।

महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर केसी, लव मैनाली लगायतका ३७ जना अधिवक्ताले बहस गरेका थिए । संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि बलात्कारको प्रयास गरेको आरोपमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।

असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। लगत्तै उनी असोज १९ गते महाअष्टमीका दिन सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए ।

करिव १ महिना प्रहरी हिरासतमा रहेका महरालाई काठमाडौं जिल्ला अदालतले कात्तिक १९ गते पुर्पक्षका लागि जेल चलान गराउने आदेश दिएको थियो ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  २ : ४२ बजे

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग