शेयर बजारमा हालसम्मकै उच्च रकमको कारोबार | Khabarhub Khabarhub

शेयर बजारमा हालसम्मकै उच्च रकमको कारोबार


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजार परिसूचक नेप्सेले कारोबार रकममा ऐतिहासिक रेकर्ड बनाएको छ ।

साप्ताहिक कारोबारको दोस्रो दिन सोमबार शेयर बजारमा हालसम्मकै उच्च २ अर्ब ६८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

सोमबार दिनभरको बजारमा १७५ कम्पनीको शेयर उक्त मूल्यमा किनबेच भएको हो ।

यसअघि गत सन् २०१९ को फेब्रुअसरी १३ मा पहिलोपटक २ अर्ब १६ करोड बढी रुपैयाँको शेयर किनबेच भएको थियो ।

तर सोमबारको बजारले नयाँ इतिहास रचेको छ । साढे २ अर्ब बढी कारोबार भएको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर किनबेच भएको छ । कम्पनीको १२ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सको ११ करोड २१ लाख, हिमालयन डिष्टिलरीको १० करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बजारमा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि उछाल देखिएको छ । सो दिनको नेप्से ३४।२६ अंकले बढेर १३९८।२४ अंकमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २।५१ प्रतिशतले बढी हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ४ : २४ बजे

उत्तरी गाजा छाड्न प्लेस्टाइनीलाई इजरायलको चेतावनी

इजरायल – इजरायलले गाजा सहर र जाबालियामा रहेका प्यालेस्टाइनीलाई उक्त

आज संसद दिवस मनाइँदै

काठमाडौं– मुलुकमा पहिलोपटक जननिर्वाचित संसद बैठक बसेको दिनको स्मरणमा सोमबार

पहिरोले गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध

गुल्मी– गुल्मीको रिडी–वामीटक्सार सडक अवरुद्ध भएको छ । आइतबार राति

पाँच शिक्षकलाई ‘स्टार टिचर अवार्ड’

ताप्लेजुङ– ताप्लेजुङमा कार्यरत १३ शिक्षक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष, शिक्षक

सिरहामा आँप उत्पादनमा कमी

सिरहा– सिरहामा यस वर्ष आँप उत्पादनमा गिरावट आएको छ ।