शेयर बजारमा हालसम्मकै उच्च रकमको कारोबार « Khabarhub

शेयर बजारमा हालसम्मकै उच्च रकमको कारोबार


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शेयर बजार परिसूचक नेप्सेले कारोबार रकममा ऐतिहासिक रेकर्ड बनाएको छ ।

साप्ताहिक कारोबारको दोस्रो दिन सोमबार शेयर बजारमा हालसम्मकै उच्च २ अर्ब ६८ करोड रुपैयाँको शेयर किनबेच भयो ।

सोमबार दिनभरको बजारमा १७५ कम्पनीको शेयर उक्त मूल्यमा किनबेच भएको हो ।

यसअघि गत सन् २०१९ को फेब्रुअसरी १३ मा पहिलोपटक २ अर्ब १६ करोड बढी रुपैयाँको शेयर किनबेच भएको थियो ।

तर सोमबारको बजारले नयाँ इतिहास रचेको छ । साढे २ अर्ब बढी कारोबार भएको बजारमा सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर किनबेच भएको छ । कम्पनीको १२ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

त्यस्तै, शिखर इन्स्योरेन्सको ११ करोड २१ लाख, हिमालयन डिष्टिलरीको १० करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
बजारमा कारोबार रकमसँगै नेप्से परिसूचकमा पनि उछाल देखिएको छ । सो दिनको नेप्से ३४।२६ अंकले बढेर १३९८।२४ अंकमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २।५१ प्रतिशतले बढी हो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ४ : २४ बजे

नागढुंगा–सिस्ने खोला सुरुङमार्ग : शिलान्यासदेखि उद्घाटनको तयारीसम्म (तस्बिरहरू)

काठमाडौँ– काठमाडौँ र धादिङलाई जोड्ने गरी निर्मित नागढुंगा–सिस्ने खोला सुरुङ

विश्वकपमा चम्किएका केप भर्डेका गोलकिपर भोजिन्हा चिलीको क्लबमा अनुबन्‍ध

काठमाडौँ – फिफा विश्वकप २०२६ मा उत्कृष्ट प्रदर्शन गर्दै चर्चामा

ढिस्कोले पुरिएर एक किशोरको मत्यु

दाङ– दाङको राजपुर गाउँपालिकामा ढिस्कोले पुरिएर एक किशोरको मृत्यु भएको

बैतडी ट्राफिक प्रहरीले संकलन गर्‍याे १२ लाख ९८ हजार राजस्व

सुदूरपश्चिम– बैतडी ट्राफिक प्रहरीले एक हजार ५०८ जना सवारी नियम

डा. केसीको अनशन: आज सरकारसँग वार्ता हुँदै

काठमाडौँ – धनगढीमा सत्याग्रह गरिरहेका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीसँग