रिहाइपछि महराले भनेः न्याय दिने अदालतलाई धन्यवाद, थुनामा साथ दिनेप्रति आभार « Khabarhub

रिहाइपछि महराले भनेः न्याय दिने अदालतलाई धन्यवाद, थुनामा साथ दिनेप्रति आभार


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलात्कार आरोपमा सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराले डिल्लिबजार कारागारबाट रिहाइ हुँदा न्याय दिलाउने अदालतलाई धन्यवाद दिएका छन्।

रिहा भएपछि छोटो प्रतिक्रिया दिएका महराले थुनामा रहँदा सबैले राम्रो व्यवहार गरेको भन्दै आभार व्यक्त गरे ।

उनले कारागारमा रहँदा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदी बन्दी र मलाई शुभेच्छा प्रकट गर्ने सबैमा धन्यवाद व्यक्त गरेका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलाशले सोमबार सफाइ दिएको थियो। पूर्वसभामुख महरालाई रिहाइपछि स्वागतका लागि नेकपाका कार्यकर्ताहरु डिल्लीबजार कारागार पुगेका थिए।

संसदकी एक महिलामाथि बलात्कार प्रयास गरेको आरोप महरा असोज १९ गते पक्राउ परेका थिए । यसअघि पुस ३ गते महरालाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतले सदर गरेको थियो ।

तर, उच्च अदालतले एक महिनाभित्र मुद्दाको टुंगो लगाउन जिल्लालाई निर्देशनात्मक आदेशसमेत दिएको थियो।

संसद सचिवालयकै कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोपमा १९ असोजमा पक्राउ परेका महरालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

महरालाई १८ कात्तिकमा डिल्लीबजार कारागार चलान गरिएको थियो । पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेशविरुद्ध महरा ५ मंसिरमा उच्च अदालत गएका थिए।

जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको आदेश कानुन विपरित भन्दै महराले उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

डिल्लीबजार कारागारबाट रिहा हुँदा उनलाई डिल्लिबजार कारागरा बाहिर भव्य स्वागत गरिएको छ । डिल्लीबजार कारागार बाहिर उनको स्वागतका लागि ठूलो भीड जम्मा भएको थियो ।

महराका परिवार र आफन्तसँगै नेकपाका नेता कार्यकर्ताहरु ठूलो संख्यामा कारागारअगाडि जम्मा भएका थिए ।महरालाई उनीहरुले फूलमाला सहित स्वागत गरेका थिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ५ : २९ बजे

लहानमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन

सिरहा– यहाँको लहान नगरपालिकाले सगरमाथा चौधरी आँखा अस्पतालसँगको सहकार्यमा वडा

बढ्दै औलोको सङ्क्रमण

चितवन- चितवन जिल्लाका अस्पतालहरूमा उपचारका लागि आएका बिरामीमध्ये चालु आर्थिक

कालीगण्डकी नदीले बगाउँदा एक बालकको मृत्यु

मुस्ताङ– कालिगण्डकी नदीले बगाउँदा आज एक बालकको मृत्यु भएको छ

सुदूरपश्चिममा औलो सङ्क्रमण : निवारणको लक्ष्यप्राप्ति चुनौतीपूर्ण

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा औलोको ग्राफ पुनः बढ्न थालेको छ ।

यूएईविरुद्ध नेपाल ३७ रनले विजयी

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत शनिबार भएको खेलमा