क्यामरुनको हिंसामा गर्भवती र बालबालिकासहित २२ मारिए | Khabarhub Khabarhub

क्यामरुनको हिंसामा गर्भवती र बालबालिकासहित २२ मारिए


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यउण्डे– अफ्रिकी मुलुक क्यामरुनमा भएको हिंसामा गर्भवती महिला र बालबालिकासहित कम्तीमा २२ जनाको ज्यान गएको छ । उत्तर–पश्चिमी क्यामरुनको न्टुम्बो गाउँमा हिंसा मच्चिएको हो । मृत्यु हुनेमा एकजना गर्भवती महिला र १४ जना बालबालिका छन् । तीमध्ये ९ जना ५ वर्ष मुनीका रहेको जनाइएको छ ।

हिंसाका क्रममा अरु दर्जनौं घाइते भएका छन् । समाचारमा जनाइएअनुसार ठूलो सङख्यामा आएका बन्दुकधारीले गाउँमा प्रवेश गरी जथाभावी गोली प्रहार गरेका थिए । त्यसपछि उनीहरुले गाउँमा नै आगो लगाइदिएको एएफपीले जनाएको छ । मारिनेमध्ये अधिकांशलाई जिउँदै जलाइएको थियो ।

आक्रमणको जिम्मा कुनै समूहले लिइसकेको छैन । यद्यपि विपक्षी दलले भने आक्रमणमा क्यामरुनका सेनाको हात रहेको आरोप लगाएको छ । क्यामरुनको सेनाले भने त्यहाँ भएको हिंसाबारे कुनै टिप्पणी गरिसकेको छैन ।

आधिकारिक रुपमा अङ्ग्रेजी भाषा प्रचलनमा रहेको उत्तर पश्चिमी क्यामरुनमा पृथकतावादी युद्ध चर्किरहेको छ । त्यहाँका पृथकतावादी छापामार र सरकारी सेनाबीच समय समयमा भीडन्त समेत हुँदै आएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ६ : १६ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’