क्यामरुनको हिंसामा गर्भवती र बालबालिकासहित २२ मारिए « Khabarhub

क्यामरुनको हिंसामा गर्भवती र बालबालिकासहित २२ मारिए


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यउण्डे– अफ्रिकी मुलुक क्यामरुनमा भएको हिंसामा गर्भवती महिला र बालबालिकासहित कम्तीमा २२ जनाको ज्यान गएको छ । उत्तर–पश्चिमी क्यामरुनको न्टुम्बो गाउँमा हिंसा मच्चिएको हो । मृत्यु हुनेमा एकजना गर्भवती महिला र १४ जना बालबालिका छन् । तीमध्ये ९ जना ५ वर्ष मुनीका रहेको जनाइएको छ ।

हिंसाका क्रममा अरु दर्जनौं घाइते भएका छन् । समाचारमा जनाइएअनुसार ठूलो सङख्यामा आएका बन्दुकधारीले गाउँमा प्रवेश गरी जथाभावी गोली प्रहार गरेका थिए । त्यसपछि उनीहरुले गाउँमा नै आगो लगाइदिएको एएफपीले जनाएको छ । मारिनेमध्ये अधिकांशलाई जिउँदै जलाइएको थियो ।

आक्रमणको जिम्मा कुनै समूहले लिइसकेको छैन । यद्यपि विपक्षी दलले भने आक्रमणमा क्यामरुनका सेनाको हात रहेको आरोप लगाएको छ । क्यामरुनको सेनाले भने त्यहाँ भएको हिंसाबारे कुनै टिप्पणी गरिसकेको छैन ।

आधिकारिक रुपमा अङ्ग्रेजी भाषा प्रचलनमा रहेको उत्तर पश्चिमी क्यामरुनमा पृथकतावादी युद्ध चर्किरहेको छ । त्यहाँका पृथकतावादी छापामार र सरकारी सेनाबीच समय समयमा भीडन्त समेत हुँदै आएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ६ : १६ बजे

नवरात्रको पाँचौँ दिन : आज स्कन्दमाताको पूजा गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको पाँचौँ दिन आज दसैँघर तथा पूजा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज २९ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २९ गते बिहीबार सन् २०२६

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर