मुलुकको स्वाधीनताको रक्षा पहिलो र उच्च प्राथमिकता: महरा « Khabarhub

मुलुकको स्वाधीनताको रक्षा पहिलो र उच्च प्राथमिकता: महरा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलात्कार प्रयास (जवरजस्ती करणी उद्योग)को मुद्दामा सफाइ पाएसँगै आजै डिल्लीबजार कारागारबाट रिहाइ भएका पूर्वसभामुख कृष्णबहादुर महराले मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकता रहेको बताएका छन् ।

सोमबार डिल्लीबजार कारागारबाट रिहाइ भएपछि उनले विज्ञप्ति जारी गर्दै आफूलाई सहयोग र सद्भाव राख्ने सबैलाई धन्यवाद दिएका छन्।

उनले एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा रहेको र सधैं रहिरहने बताएका हुन् । उनले आफूमाथि लगाइएको आरोप गलत सावित भएको र सम्मानित अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएकोमा धन्यवाद ज्ञापन गरेका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म सम्मानित अदालतप्रति विशेष आभार एवं धन्यवाद व्यक्त गर्दछु।’

उनले  यस क्रममा सक्रियतापूर्वक पहल र सहयोग गर्ने मेरो परिवारका सम्पूर्ण सदस्यहरु, मित्रहरु, मेरो पक्षमा वकालत गर्ने कानुन व्यवसायीहरु र राजनीतिक व्यक्तित्वहरुप्रति समेत हार्दिक आभार प्रकट गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘म ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको छु। यस अवधिमा मलाई सद्भाव र सहानुभूति दिनुहुने मेरा समर्थकहरु, शुभचिन्तकहरु, अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी मित्रहरु, प्रहरी मित्रहरु र डिल्लीबजार कारागारका सम्पूर्ण बन्दी साथीहरुलाई हार्दिक आभारसहित धन्यवाद दिन चाहन्छु।’

उनले मुलुकको स्वाधिनताको रक्षा आफ्नो पहिलो प्राथमिकता रहेको समेत बताएका छन्।

यस्तो छ विज्ञप्ति 

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ७ : २२ बजे

सडक भासिँदा रेसुङ्गा विमानस्थल जाने सडक अवरुद्ध

गुल्मी– गुल्मीको रेसुङ्गा नगरपालिका–१० सिमीचौरमा सडक भासिएपछि रेसुङ्गा विमानस्थल सडकखण्ड

छोरीको इच्छाविपरीत विवाहको कथा बोकेको ‘अक्षरा’ असोज २३ देखि प्रदर्शनमा

काठमाडौं– छोरीको जीवनसँग जोडिएको निर्णयमा उनको इच्छा कति महत्त्वपूर्ण हुन्छ

८० लाखले हेरे ज्याकी च्यानको ‘मृत्यु’ पोस्ट ! सत्य के ?

एउटा तस्बिर, केही शब्द र सामाजिक सञ्जालको तीव्र फैलावट। यति

जटिल प्रसूति समस्या भएपछि धादिङकी २४ वर्षीया महिलाको हवाई उद्धार

काठमाडौँ – धादिङको गंगाजमुना गाउँपालिका–५ निवासी २४ वर्षीया ममता तामाङको

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,