बैंक तथा वित्तीय क्षेत्रका समस्या समाधानमा जुट्न अर्थमन्त्रीको निर्देशन « Khabarhub

बैंक तथा वित्तीय क्षेत्रका समस्या समाधानमा जुट्न अर्थमन्त्रीको निर्देशन


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थामा रहेको समस्याको तत्काल र दीर्घकालीन समाधानका लागि जुट्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

उनले समस्या समाधानका लागि संयन्त्र विकास गरी समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने र निजी क्षेत्रलाई विश्वासको वातावरण सिर्जना गरी लगानीमैत्री र व्यावसायिक वातावरण सुनिश्चित गर्न मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा बैंकर्स एसोसिएसनलाई आग्रह गरे ।

मुलुकको समसामयिक आर्थिक तथा वित्तीय अवस्था एवं बैंकिङ क्षेत्रमा देखिएका समस्या र यसको समाधान गर्ने उद्देश्यले अर्थमन्त्री खतिवडाले आज बैंक तथा वित्तीय संस्थाका पदाधिकारीसँग छलफल गरेका हुन् ।

मन्त्री डा खतिवडाले समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्न आवश्यक गृहकार्य गरी कार्यान्वयनको प्रक्रियामा लैजान अर्थमन्त्रालय वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, नेपाल राष्ट्र वैंक र नेपाल बैंकर्स एसोसिएसनले यथाशीघ्र छलफल गरी टुङ्गोमा पुर्‍याउन समेत निर्देशन दिए ।

सो अवसरमा बैंकिङ क्षेत्रमा विशेषगरी तरलताको अवस्था, कर्जाको माग, असुली र ब्याजदर, सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी पालना गर्नुपर्ने विषय, सामाजिक सुरक्षाकोषमा निजी क्षेत्रको स्वःस्फूर्त सहभागिता अभिवृद्धि, संस्थागत सामाजिक उत्तरदायित्वको दायरा फराकिलो बनाउनुपर्नेमा जोड दिइएको थियो ।

यस्तै सहुलियतपूर्ण कर्जा वितरणलाई ऋणीको आवश्यकता र मागबमोजिम परिचालन, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशनको कार्यान्वयन र तथा केवाइसी मौजुदा व्यवस्थालाई सरलीकरण गर्ने, हेजिङ सुविधा, मर्जर नीतिको कार्यान्वयनलगायत विषयमा सहभागीले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुङ्गाना, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद केसी, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय एवं पदाधिकारी, अर्थ मन्त्रालयका पदाधिकारीसहित सबै वाणिज्य बैंक एवं सामाजिक सुरक्षा कोषका प्रमुख कार्यकारी अधिकृतको उपस्थिति रहेको अर्थमन्त्रालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १० : ४५ बजे

नवलपरासीमा क्रेन दुर्घटना हुँदा ६ जना घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–४ रानीतालस्थित कालिगण्डकी करिडोर

नेपाल प्रहरीका ५०९ जना प्रहरी निरीक्षकको सरुवा (सूचीसहित)

काठमाडौँ– नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)

प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

आज सातवटै प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विश्वकप उद्घाटनमा साकिरादेखि नोरा फतेहीसम्मले स्टेज तताउने

काठमाडौँ – विश्व फुटबल इतिहासमै पहिलोपटक तीन देश (अमेरिका, क्यानडा