महाशिवरात्रिका लागि २ हजार बढी साधुसन्त पशुपतिनाथ आइपुगे  « Khabarhub

महाशिवरात्रिका लागि २ हजार बढी साधुसन्त पशुपतिनाथ आइपुगे 


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रि लागि दुई हजारभन्दा बढी साधु सन्त पशुपतिमा आइसकेको  जानकारी दिएको छ ।

फागुन ७ गते एकादशीदेखि साधुसन्त पशुपतिनाथको मूल मन्दिरमा प्रवेश गर्ने कोषले जनाएको छ । औँसीका दिन बिदाइ नभएसम्म मूल मन्दिरभित्र नै साधुसन्त बस्न पाउने परम्परा छ ।

साधुसन्तलाई प्रदान गरिने धुनी, खाना र दक्षिणाको सङ्कल्प एकादशीकै दिन राष्ट्राध्यक्षले गर्ने परम्परा पनि रही आएको छ ।

यस वर्ष एकादशीका दिन बिहान सवा दश बजे राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्कल्प गर्ने कार्यक्रम तय भएको छ ।

यसैबीच, कोषले यस वर्षको महाशिवरात्रिलाई नेपाल भ्रमण वर्षसँग जोडेर भव्य रुपमा मनाउँदै छ । महाशिवरात्रि मनाउन कोष सञ्चालक परिषद् अध्यक्ष रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १ सय ११ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

समितिअन्तर्गत ११ उपसमिति पनि गठन भएको छ । यसवर्ष महाशिवरात्रिमा धेरैभन्दा धेरै धार्मिक पर्यटक भित्र्याउन मङ्गलबार बिहान पशुपतिबाट तिलगङ्गा–एयरपोर्ट–तीनकुने–नयाँबानेश्वर–बिजुलीबजार हुँदै बबरमहलबाट माइतीघर मण्डलासम्म शोभायात्रा निकाल्न लागिएको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले जानकारी दिए ।

शोभा यात्रामा मूल समारोह समितिको अध्यक्ष रहेका मन्त्री भट्टराई, सांसदलगायत सहभागी हुनु हुनेछ । बिहान ७ः३० बजे शुरु हुने शोभायात्रामा सहभागी हुन कोषले भक्तजनमा आह्वान गरेको छ । यात्रामा सांस्कृतिक झाँकीसहित महाशिवरात्रि र नेपाल भ्रमण वर्षको समेत प्रचारप्रसार गरिने उनले बताए ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ७ : ५३ बजे

फ्रान्स छोड्न आदेशपछि रूसी टिप्पणीकारको विरोध

पेरिस– क्रेमलिन समर्थक प्रचारप्रसार गरेको आरोपमा फ्रान्स छोड्न आदेश दिइएकी

युक्तको शव निकालियो, निम्सदाइसहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर

काठमाडौं- पाकिस्तानको हिमाल ब्रोड पिकमा शुक्रबार उद्धार अभियान अस्थायी रूपमा

‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’ सार्वजनिक

काठमाडौं– अदालती पत्रकारितालाई केन्द्रित गरेर तयार गरिएको ‘अदालती पत्रकारितासम्बन्धी मार्गदर्शन’

नेपाल–इजरायल सम्बन्ध थप सुदृढ बनाउन सहकार्य विस्तारमा जोड

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि इजरायलका