चार करोड बिगो दाबीसहित चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा « Khabarhub

चार करोड बिगो दाबीसहित चौधरीविरुद्ध भ्रष्टाचार मुद्दा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय विराटनगर मोरङका तत्कालीन डिभिजन प्रमुख जीतेन्द्रकुमार चौधरीविरुद्ध करीब ४ करोड बिगो दाबीसहित भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

पदीय मर्यादाविपरीत सडकका विभिन्न आयोजनामा अनियमितता गरी अकूत सम्पत्ति कमाएको अभियोगमा अख्तियारले चौधरी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

ठेकेदारसँग मिलेर सम्पत्ति आर्जन गरी घर घडेरी जोडेको, बैंकमा समेत रकम जम्मा गरेको, परिवारको अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको र आफ्नो हैसियतभन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोराको नाममा सम्पत्ति जम्मा गरेकाले रु तीन करोड ९९ लाख ४४ हजार ३४२ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको आयोगले जनाएको छ ।

आयोगले आरोपी चौधरीलाई बिगोबमोजिमको असुली गरी कैद सजायको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

यस्तै आयोगले केदारेश्वर उच्च माध्यमिक विद्यालय लाना डोटीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहराले भवन निर्माण र छात्रवृत्तिको रकम हिनामिना गरेको भन्ने अभियोगका आधारमा रु सात लाख २९ हजार ९४६ बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बोहोराले सरकारी स्रोतबाट प्राप्त भएको रकमको दुरुपयोग गरेको पाइएको छ ।

त्यस्तै आयोगले गोरखा जिल्ला नेपाने माध्यमिक विद्यालय सिरानचोक–१ का प्रधानाध्यापक शिवकुमार साह समेतले सरकारी स्रोतबाट प्राप्त भएको रकम हिनामिना गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका प्राविधिक सहायक सवइञ्जिनीयर विकास झासँग मिलेमतो गरी भ्रष्टाचार गरेको अभियोग लागेको छ ।

आयोगले शिक्षा विकास तथा समन्वय एकाइ गोरखाका सवइञ्जिनीयर विकास झाविरुद्ध रु ११ लाख १० हजार र प्रधानाध्यापक शिवकुमार साहविरुद्ध रु १३ लाख २२ हजार २९२ बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ८ : १७ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर