यी दुई कारणले महरालाई अदालतले दियो सफाइ « Khabarhub

यी दुई कारणले महरालाई अदालतले दियो सफाइ


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  बलात्कार प्रयास (जवरजस्ती करणी उद्योग)को मुद्दामा निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाइ पाउनुमा मुख्यतया दुई वटा कारण रहेको जिल्ला अदालत काठमाडौंको फैसलामा उल्लेख छ ।

पहिलो कारण पीडित भनिएकी महिलाले महरा आफ्नो कोठामा नआएको बयान दिएको र महराले पनि महिलाको कोठामा गएको कुरा अस्वीकार गरेकाले महरालाई दोषी करार गर्नुपर्ने आधार नदेखिएको र अर्को पीडित भनिएकी महिलाको कोठामा भेटिएका रक्सीका बोतल लगायतका सामग्रीसँग महराको फिंगरप्रिन्ट परीक्षणबाट तुलनात्मक रुपमा नमिलेको पनि फैसलामा उल्लेख छ ।

संसद सचिवालयकी महिला कर्मचारीमाथि उनकै निवासमा पुगेर जबरजस्ती करणीको प्रयास गरेको आरोप लागेपछि तत्कालीन सभामुख महराले गएको असोज १४ गते पदबाट राजीनामा दिएका थिए।

असोज १९ गते सभामुख निवासबाटै पक्राउ परेका महरा कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा थिए ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश अमरराज पौडेलको इजलासले महरा निर्दोष रहेको फैसला गरेसँगै उनी आजै डिल्लीबजार कारागाबाट घर फर्किएका छन्।

पूर्वसभामुख महराले वक्तव्य जारी गर्दै कृष्णबहादुर महराले मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्‍च प्राथमिकतामा रहने बताएका छन् । उनले यो अवधिमा साथ र सहयोग गर्ने सवैप्रति धन्यवाद ज्ञापन व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ८ : ४७ बजे

वास्तविक सुकुम्बासी व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य : ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सुकुम्बासी बस्ती

गैरीगाउँको सुकुम्बासी बस्तीमा डोजर, यस्तो देखियो ड्रोनबाट (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिका–९ अन्तर्गत गैरीगाउँस्थित सुकुम्बासी बस्ती हटाउने अभियान जारी

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

काठमाडौं- मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको

उपत्यकामा नदी किनारका बस्ती हटाउने अभियान जारी

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका नदी किनार, जोखिमपूर्ण सार्वजनिक र सरकारी

पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच इस्लामावादमा भेटवार्ता

एजेन्सी– पाकिस्तानका प्रधानमन्त्री मोहम्मद शहबाज सरिफ र इरानका विदेशमन्त्री सैयद