क्यान इन्फोटेक: अवलोकनकर्ताको रोजाइमा रोबोटिक्स सामग्री | Khabarhub Khabarhub

क्यान इन्फोटेक: अवलोकनकर्ताको रोजाइमा रोबोटिक्स सामग्री


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको २६ औँ संस्करणमा कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा चलिरहेको छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी क्यान इन्फोटेकको चौथो दिनमा आफ्नो सेवाको बजारीकरण गर्न कम्पनीहरु बीच चर्को प्रतिस्पर्धा देखिएको छ । सेवाग्राही तथा अवलोकनकर्ताको ध्यानसमेत व्यावसायिक स्टालतर्फ नै बढी छ ।

विशेषगरी क्यान इन्फोटेकमा राखिएका विभिन्न सेवाप्रदायकले स्टलबाट दिएको छुटले नै अवलोकनकर्तालाई अकर्षित बनाएको छ । मेलामा सेवामूलक स्टलहरु, इन्टरनेट सेवाप्रदायक कम्पनी, टेलिकम कम्पनी तथा इलेक्ट्रिक कम्पनीको छुटमा अवलोकनकर्ताको भीड देखिन्छ ।

ठूला व्यावसायिक स्टलमा भन्दा साना तथा दैनिक जीवनमा काम लाग्ने समान राखिएका स्टलमा बढी घुइँचो देखिन्छ ।

क्यान इन्फोटेकमा वल्र्डलिङ्क, भायनेट, एनसेल, नेपाल टेलिकमलगायतका विभिन्न कम्पनीले आफ्नो सेवामा आकर्षक छुट दिइरहेका छन् भने ब्रान्डेड सामानले पनि अवलोकनकर्तालाई तानिरहेका छन् ।

दैनिकरूपमा देखिने सामग्रीमा भन्दा अवलोकनकर्ताको रोजाइमा रोबोटिक्स, स्टार्टअप कम्पनी, गेमिङलगायतका नयाँ प्रविधि परेका छन् । मेला आयोजक कम्प्युटर एसोसिएसन अफ नेपाल–क्यान महासङ्घका अध्यक्ष नवराज कुँवर नयाँ प्रविधिमै मानिस बढी अकर्षित रहेको बताए ।

“ठूला र महङ्गो सामान भएको स्टलमा भन्दा साना स्टलमै बढी चहलपहल देखिन्छ”, उनले भने ।

मेलामा स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनाइन्सियल नोटिस, सोसाइटी डेभलपमेन्ट डट ओआरजी, स्मार्ट केयर डट कम, काठमाडौँ अग्र्यानिक्स, सजिलो मर्मत सेवा, स्कील सेवा, ई–टिकेट नेपाल, सर्वनाम सफ्टवेयर, हाम्रो लाइफ बैंक, डिजिटल नेपालजस्ता स्टार्टअपका स्टल पनि छन् । अवलोकनकर्ताले ती स्टार्टअपहरुले दिने सेवामा चासो देखाइरहेका छन् ।

मेलामा मोबाइल, ल्यापटप, टेलिभिजन, कम्प्युटर, प्रिन्टर,लगायतका सामानमा विशेष छुट छ । केही ब्राण्डले मेलामा ५० प्रतिशतसम्म छुटमा मोबाइल बिक्री गरिरहेका छन् ।

क्यान मेलामा १७५ स्टल छन् । इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एसेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनका स्टलसमेत छन् ।

क्यानले प्रविधिका क्षेत्रमा भएका नवीनतम सोचलाई प्रवद्र्धन गर्न स्टार्टअप कम्पनीहरुलाई विशेष प्राथमिकतामा राखेको क्यानका अध्यक्ष कुँवरले बताए । उनले क्यान इन्फोटेकबाट सरकारले अघिसारेको डिजिटल नेपालको लक्ष्यलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । फागुन २ गतेदेखि शुरु भएको छ दिने मेलाको चार लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १० : ०० बजे

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका

पूर्वराष्ट्रपति भण्डारी सक्रिय राजनीतिमा फर्किनु सकारात्मक : झलनाथ खनाल

काठमाडौं – नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बामपन्थी

‘पाकिस्तानमा जरदारीको राजीनामा र फिल्डमार्सल राष्ट्रपति बन्ने हल्ला निराधार’

काठमाडौं– पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले राष्ट्रपति आसिफ अली जरदारीको राजीनामा

युवा पुस्तालाई उपप्रधानमन्त्री सिंहको आग्रह- लहैलहैमा नलागाैँ

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले युवा पुस्तालाई