क्यान इन्फोटेक: अवलोकनकर्ताको रोजाइमा रोबोटिक्स सामग्री « Khabarhub

क्यान इन्फोटेक: अवलोकनकर्ताको रोजाइमा रोबोटिक्स सामग्री


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सूचना प्रविधिसम्बन्धी मेला क्यान इन्फोटेकको २६ औँ संस्करणमा कम्पनीहरुबीच बजारीकरणको प्रतिस्पर्धा चलिरहेको छ ।

भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा जारी क्यान इन्फोटेकको चौथो दिनमा आफ्नो सेवाको बजारीकरण गर्न कम्पनीहरु बीच चर्को प्रतिस्पर्धा देखिएको छ । सेवाग्राही तथा अवलोकनकर्ताको ध्यानसमेत व्यावसायिक स्टालतर्फ नै बढी छ ।

विशेषगरी क्यान इन्फोटेकमा राखिएका विभिन्न सेवाप्रदायकले स्टलबाट दिएको छुटले नै अवलोकनकर्तालाई अकर्षित बनाएको छ । मेलामा सेवामूलक स्टलहरु, इन्टरनेट सेवाप्रदायक कम्पनी, टेलिकम कम्पनी तथा इलेक्ट्रिक कम्पनीको छुटमा अवलोकनकर्ताको भीड देखिन्छ ।

ठूला व्यावसायिक स्टलमा भन्दा साना तथा दैनिक जीवनमा काम लाग्ने समान राखिएका स्टलमा बढी घुइँचो देखिन्छ ।

क्यान इन्फोटेकमा वल्र्डलिङ्क, भायनेट, एनसेल, नेपाल टेलिकमलगायतका विभिन्न कम्पनीले आफ्नो सेवामा आकर्षक छुट दिइरहेका छन् भने ब्रान्डेड सामानले पनि अवलोकनकर्तालाई तानिरहेका छन् ।

दैनिकरूपमा देखिने सामग्रीमा भन्दा अवलोकनकर्ताको रोजाइमा रोबोटिक्स, स्टार्टअप कम्पनी, गेमिङलगायतका नयाँ प्रविधि परेका छन् । मेला आयोजक कम्प्युटर एसोसिएसन अफ नेपाल–क्यान महासङ्घका अध्यक्ष नवराज कुँवर नयाँ प्रविधिमै मानिस बढी अकर्षित रहेको बताए ।

“ठूला र महङ्गो सामान भएको स्टलमा भन्दा साना स्टलमै बढी चहलपहल देखिन्छ”, उनले भने ।

मेलामा स्मार्ट घर एप, ई–वेस्ट कलेक्सन, मेरो यात्रा, फाइनाइन्सियल नोटिस, सोसाइटी डेभलपमेन्ट डट ओआरजी, स्मार्ट केयर डट कम, काठमाडौँ अग्र्यानिक्स, सजिलो मर्मत सेवा, स्कील सेवा, ई–टिकेट नेपाल, सर्वनाम सफ्टवेयर, हाम्रो लाइफ बैंक, डिजिटल नेपालजस्ता स्टार्टअपका स्टल पनि छन् । अवलोकनकर्ताले ती स्टार्टअपहरुले दिने सेवामा चासो देखाइरहेका छन् ।

मेलामा मोबाइल, ल्यापटप, टेलिभिजन, कम्प्युटर, प्रिन्टर,लगायतका सामानमा विशेष छुट छ । केही ब्राण्डले मेलामा ५० प्रतिशतसम्म छुटमा मोबाइल बिक्री गरिरहेका छन् ।

क्यान मेलामा १७५ स्टल छन् । इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोलुसन, सोलार पावर सिस्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिन्टर, पावर सिस्टम, कम्प्युटर एसेसरिज, एन्टिभाइरस सफ्टवेयर, बैंकिङ सोलुसन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनका स्टलसमेत छन् ।

क्यानले प्रविधिका क्षेत्रमा भएका नवीनतम सोचलाई प्रवद्र्धन गर्न स्टार्टअप कम्पनीहरुलाई विशेष प्राथमिकतामा राखेको क्यानका अध्यक्ष कुँवरले बताए । उनले क्यान इन्फोटेकबाट सरकारले अघिसारेको डिजिटल नेपालको लक्ष्यलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । फागुन २ गतेदेखि शुरु भएको छ दिने मेलाको चार लाखभन्दा बढीले अवलोकन गर्ने आयोजकले अपेक्षा लिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  १० : ०० बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००