नियम उल्लंघन गर्ने चालकलाई समेत ट्राफिक प्रहरीको ‘नमस्कार’ ! « Khabarhub

नियम उल्लंघन गर्ने चालकलाई समेत ट्राफिक प्रहरीको ‘नमस्कार’ !


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो समय ‘नमस्कार’ विश्वभर लोकप्रिय बन्दै गएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरस संक्रमणको त्रासले नमस्कारको प्रचलन विश्वव्यापी बनेको हो ।

अहिले जहाँ-जहाँ कोरोना भाइरसको संक्रमण फैलिएको छ त्यहाँ त्यहाँ ‘नमस्कार’को प्रचलनले व्यापकता पाएको छ ।

मानिसहरु भेट हुँदा हात मिलाउने र अंकमाल गर्ने अवस्था नरहेपछि अहिले विश्वव्यापी रुपमा ‘नमस्कार’ले त्यसको ठाउँ  लिएको हो ।

त्यसो त ‘नमस्कार’ अहिले स्वागत, सत्कारमा मात्र सीमित रहेको छैन, कारबाही गर्नुपरेमा समेत ‘नमस्कार’कै प्रयोग गर्न थालिएको छ ।

नेपालमा कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘नमस्कार’ अभियानको थालनी गरेको हो ।

प्रहरी प्रशासनमा नमस्कार नौलो नभए पनि नियम उल्लंघन गर्नेलाई समेत ‘नमस्कार’ गर्न थालिएको घटना भने नितान्त नयाँ हो । अहिले ट्राफिक नियम उल्लंन गर्ने जो कोही चालकलाई कार्यस्थलमा ट्राफिक प्रहरीले पहिले ‘नमस्कार’ गर्छन् ।

सवारी नियम उल्लंघन गर्ने चालकलाई कारवाही गर्नुभन्दा पहिले ‘नमस्कार’ त्यसपछि मात्र आवश्यकताअनुसार कानूनी प्रक्रिया थालिने महाशाखाले जनाएको छ।

‘ट्राफिक कार्यालय र ट्राफिक प्रहरीहरूको सम्पर्कमा आउने सबै नागरिकहरूलाई नमस्कार शब्द प्रयोग गरिने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालले बताए।

‘आत्मीयता र सम्मान समेत प्रकट होस् भनेर नमस्कार शुरूवात गरका हौं’, उनले भने, ‘नेपालीको परम्परा नै हो, नयाँ कुरो होइन तर यसलाई पुनर्जागरण गर्न सके एकआपसमा श्रद्धासमेत बढ्नेछ।’

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ६ : ३९ बजे

कर्णालीको मुख्यमन्त्री पदमा नेकपाका शाही नियुक्त

कर्णाली– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा दलका नेता मङ्गलबहादुर शाही

बिग बजेटमा ‘साम्राज्य’ बनाउँदै सौरभ

काठमाडौं – एक्सन निर्देशकको छवि बनाएका सौरभ चौधरीले बिग बजेटमा

पाँच सय सात परिवारलाई धुवाँरहित चुलो

चितवन– राप्ती नगरपालिकाका ५०७ परिवारलाई धुवाँरहित चुलो वितरण गरिएको छ । 

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली