कस्तो रहनेछ आगामी तीन दिनको मौसम ? « Khabarhub

कस्तो रहनेछ आगामी तीन दिनको मौसम ?


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको जनाएको छ ।

आगामी तीन दिनको मौसमको पूर्वानुमान जारी गर्दै विभागले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

चैत्र ०४ गते (मंगलबार)

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

चैत्र ०५ गते (बुधबार)

दिउँसोः देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशको पूर्वी र मध्य पहाडी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

चैत्र ०६ गते (बिहिबार)

दिउँसोः देशको पहाडी भू-भागमासामान्य बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली रहनेछ। देशको पूर्वी र मध्य पहाडी भु-भागका १-२ स्थानहरुमा मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।

रातिः देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ७ : ५४ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु