खुकुरी प्रहार गर्ने तीन पक्राउ « Khabarhub

खुकुरी प्रहार गर्ने तीन पक्राउ


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- तुलसीपुर उपमहानगरपालिका–५ का २३ वर्षीय हीरा डाँगीलाई खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा इलाका प्रहरी कार्यालय तुलसीपुरले तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरी नायब उपरीक्षक हरिहरनाथ योगीले दिनुभएको जानकारीअनुसार पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–६ गोलौरा निवासी अनुप बस्नेत, सोही ठाउँका २२ वर्षीय सुशील बस्नेत र २५ वर्षीय अमिक खड्का रहेका छन् ।

गएराति प्रहरीको टोलीले तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुरागाउँमा लुकीछिपी बसेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रनाउ योगीले जानकारी दिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते डाँगीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारपछि थप उपचारका लागि सोमबार कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको थियो ।

उनको अवस्था गम्भीर भएपछि सो अस्पताले पनि थप उपचारका लागि काठमाडौँ सिफारिश गरेपछि काठमाडौँ लैजाने क्रममा उनको बाटोमै मृत्य भएको थियो । डाँगीमाथि आइतबार राति टरिगाउँ विमानस्थल नजिक खुकुरी प्रहार भएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ९ : ३६ बजे

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

आज २०८३ साल कात्तिक ३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ३ गते मंगलबार सन् २०२६

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु