अमेरिकन आइडलको स्टेजमा दिवेशले गाउँदा जजले भने – बब मार्ली सम्झिएँ « Khabarhub

अमेरिकन आइडलको स्टेजमा दिवेशले गाउँदा जजले भने – बब मार्ली सम्झिएँ


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकन आइडलमा शीर्ष २० मा छानिएपछि एकाएक चर्चा कमाएका गायक दिवस पोखरेलले आइडलको स्टेजमा गीत गाउँदा जजहरु उभिँदै उनको तारिफ गरेका छन् ।

मंगलवार प्रसारण गरिएको अमेरिकन आइडलमा आर्थन गन भनेर आफूलाई चिनाउन चाहने दिवेशले ओटिस रेडिङको ‘हार्ड टु ह्याण्डल’ गाएका थिए ।

गीत गाउनुपूर्व उनले आफू नेपालबाट भएको र यो सगरमाथाको देश भएको भन्दै चिनाए ।

उनले गीत गाउन शुरु गर्दा नै तीनैजना जज प्रभावित भएर उठे । यसअघि पनि दिवेशको निर्णायकले खुबै तारिफ गरेका थिए ।

आफै कम्पोज गरेर नेपाली गीत गाउने आर्थर ५ वर्षअघि अमेरिका गएका थिए ।

मंगलवार प्रसारण भएको शोमा दिवेशले पाएको प्रतिक्रियाले उनी पनि खुशी देखिन्थे । दिवेशको प्रस्तुतिका बेला दर्शकको पनि उस्तै साथ थियो ।

निर्णायक लायनल रिचेले दिवेशलाई चर्चित गायक बब मार्ली सम्झाएको भन्दै दिवेशको तारिफ गरे । यता केटी पेरीले पनि थप अझै गाउन भन्दै हौसला दिउका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १० : ४० बजे

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं – प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन ४१ दिन बाँकी : उम्मेदवारलाई आज चुनाव चिह्न प्रदान गरिने

काठमाडौं – प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ

आज २०८२ साल माघ ९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ९ गते शुक्रबार माघ