सलमान खानको ‘राधे’ मा थपिए ३ द्वन्द्व निर्देशक « Khabarhub

सलमान खानको ‘राधे’ मा थपिए ३ द्वन्द्व निर्देशक


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सलमान खानको फिल्म ‘राधे’ मा चर्चित द्वन्द्व निर्देशकहरूको इन्ट्री भएको छ । तीमध्ये एक कोरियन छन् ।

पछिल्लो समय सलमान खानका फिल्मले खासै बिजनेस गर्न नसकेको अवस्थामा यो फिल्म थप राम्रो हुने विश्वासमा निर्माण टिमले ‘केजीएफ’ का द्वन्द्व निर्देशकलाई समेत फिल्ममा अनुबन्ध गरेको हो ।

भारतीय मिडियाका अनुसार एक नभएर ३ जना एक्सन निर्देशक ‘राधे’ मा ल्याइएको छ । फिल्मको एक्सन पक्षलाई थप राम्रो बनाउने निर्माण टिमको विश्वास छ ।

तीन निर्देशकमध्ये एक निर्देशक कोरियन छन् । उनी कोरियन फिल्म उद्योगमा पनि चर्चित भएको बताइन्छ । यस्तै दुई जनाले ‘केजीएफ’ लगायत कैयन् फिल्ममा एक्सन निर्देशन गरिसकेका छन् ।

स्रोतका अनुसार फिल्मको ९० प्रतिशत शूटिङ सकिएको छ । यो फिल्म ईदमा रिलिज हुने सम्भावना बढेर गएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ११ : ०५ बजे

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौँ–  नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई थप

हवाई भाडादरबारे भ्रामक सूचनाको पछि नलाग्न एयरलाइन्सको अनुरोध

काठमाडौँ– बडादसैँ तथा तिहारको समयमा हवाई भाडादरलाई लिएर सार्वजनिक आलोचना

मर्मतपछि राहुघाटबाट फेरि विद्युत् उत्पादन

काठमाडौं–  राहुघाट जलविद्युत् आयोजनाको मर्मतसम्भारपछि पुनः विद्युत् उत्पादन सुरु गरिएको

विपक्षी नेताहरूले अराजकता फैलाएको भाजपाको आरोप

काठमाडौं- भारतमा निर्वाचन आयोगले सञ्चालन गरेको एसआईआरको मुद्दालाई लिएर विपक्षी

अवरुद्ध पैरेबेँसी-शान्तिबजार खण्डमा तुइन सञ्चालन

रसुवा–  गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण सडक सञ्जाल