भूमिसम्बन्धी सबै समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गरिने | Khabarhub Khabarhub

भूमिसम्बन्धी सबै समस्या समाधानका लागि अधिकारसम्पन्न आयोग गठन गरिने


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्‌माकुमारी अर्यालले प्रविधिको प्रयोग गरेर पटके सुकुम्बासीको समस्या समाधान गर्न थालिएको बताएकी छन् ।

मंगलबार राष्ट्रिय सभा बैठकमा समय माग गरेर बोल्दै मन्त्री अर्यालले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या तथा भूमिसम्बन्धी अन्य विविध समस्या सधैँका लागि निराकरण गर्ने गरी अधिकारसम्पन्न भूमिसम्बन्धी समस्या समाधान आयोग गठन गर्ने तयारी भइरहेको पनि बताइन् ।

मन्त्री अर्यालले भनिन्, ‘हामीले पहिलोपटक भूउपयोग नीति बनाएका छौँ । पहिलोपटक भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने कानून बनाएका छौँ । भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीलगायत वर्षौदेखि बाँकी रहेका भूमिसम्बन्धी अन्य समस्या सधैँका लागि समाधान गर्न आयोग गठन गर्ने र सो कार्य सञ्चालन गर्न आयोगको गठन आदेशको मस्यौदा तयार भएर मन्त्रिपरिषद्मा पेश भई स्वीकृत हुने क्रममा छ ।’

सुकुम्बासीका समस्या समाधान गर्न मुलुकभर भूमि नभएकालाई प्राथमिकता दिएर सम्बोधन गरिने बताउँदै उनले त्यसपछि अव्यवस्थित बसोबासको व्यवस्थापन गरिने बताइन् । बैठकमा सांसदले राखेका जिज्ञासाका सम्बन्धमा मन्त्री अर्यालले सरकार अब सङ्कल्पसहित सार्वजनिक सम्पत्तिको संरक्षणमा लागेको र यसमा सबैको सहयोग आवश्यकता रहेको बताइन् ।

मन्त्री अर्यालले अतिक्रमणमा परेका सार्वजनिक जग्गा फिर्ता ल्याउन र संरक्षण गर्न जाँचबुझ आयोग गठन गरिएको पनि जानकारी गराइन् ।मन्त्रालयबाट अध्ययन गरेर सीधै मालपोत कार्यालयमार्फत पनि अतिक्रमण भएका जग्गाको दर्ता बदर गर्ने गरिएको उनले बताइन् ।

हालसम्म तराईमा २८४ बिघा र पहाडमा ९६ रोपनी जग्गा दर्ता बदर गरिएको जानकारी गराउँदै मन्त्री अर्यालले भनिन्,’कब्जा गरिएका सरकारी जग्गाका सम्बन्धमा आयोग र मन्त्रालयमा सीधै उजूरी दिने व्यवस्था गरेका छौँ ।’

नदी किनारका जोखिमका बस्तीको अर्काे स्थानमा फरक ढङ्गले व्यवस्थापन गरिने बताउँदै उनले २०१६ सालमै बिर्ता उन्मूलन भए पनि यससँग जोडिएको जग्गाको समस्या विकराल रहेको उल्लेख गरिन् । त्यस्ता किसानको समस्याको समाधान गरिने उनको भनाइ छ ।

मन्त्री अर्यालले प्रविधिको प्रयोग गरेर मालपोत कार्यालयलाई आधुनिकीकरण र जनताका लागि सहज बनाइएको समेत जानकारी दाबी गरिन् ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ३ : २७ बजे

प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालको हितेन्द्रलाई सुझाव- बत्तीमुनि बसेर ‘बिजुली गयो’ भन्छन्, ध्यान दिएर काम गर्नुस्

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले

एनएलजी इन्स्योरेन्सले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं– एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ ।

कोशी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

विराटनगर– कोशी प्रदेशसभाको बजेट अधिवेशन आज सुरु हुँदैछ । बैठक

सशस्त्र प्रहरी सहायक निरीक्षक छत्यालबाट सगरमाथाको सफल आरोहण

काठमाडौं– सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले  विश्वको सर्वोच्च शिखर

स्थानीय आफैँले बनाउन थाले खोलामा पुल

दाङ– दाङ–रोल्पा सडकखण्डअन्तर्गत बिजौरी-होलेरी सडकखण्डको बीचमा पर्ने ग्वारखोलामा पुल छैन ।