चैत १२ गतेसम्मका लागि रोकियो बी डिभिजन लिग « Khabarhub

चैत १२ गतेसम्मका लागि रोकियो बी डिभिजन लिग


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक बी डिभिजन लिग चैत १२ गतेसम्मका लागि स्थगित भएको छ । नोबेल कोरोना भाइरस (कोभिड १९) ले महामारीको रुप लिइरहँदा नेपालमा संक्रमण फैलिन नदिन भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार १ हप्ताका लागि सम्पूर्ण खेलकुद गतिविधि रोक्न निर्देशन दिएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी बी डिभिजन लिग रोक्ने निर्णय गरेको हो ।

यसअघि पनि फागुन २१ गते राखेपले सम्भव भएसम्म सबै खेल गतिविधि रोक्न भने पनि संचालनमा रहेका प्रतियोगितालाई यथावत चल्न दिने निर्णय गरेको थियो । उक्त विज्ञप्ति जारी हुनु अगाडिदेखि शुरु भएका कारण बी डिभिजन निरन्तर चलिरहेको थियो ।

तर, मंगलबार सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले १ हप्ताका लागि खेल गतिविधि रोक्ने निर्णय गरेसँगै बी डिभिजन लिग पनि रोकिएको हो ।

अहिले बी डिभिजनमा ३१ औं खेल सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ४ : २० बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका