चैत १२ गतेसम्मका लागि रोकियो बी डिभिजन लिग « Khabarhub

चैत १२ गतेसम्मका लागि रोकियो बी डिभिजन लिग


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक बी डिभिजन लिग चैत १२ गतेसम्मका लागि स्थगित भएको छ । नोबेल कोरोना भाइरस (कोभिड १९) ले महामारीको रुप लिइरहँदा नेपालमा संक्रमण फैलिन नदिन भन्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मंगलबार १ हप्ताका लागि सम्पूर्ण खेलकुद गतिविधि रोक्न निर्देशन दिएसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले जारी बी डिभिजन लिग रोक्ने निर्णय गरेको हो ।

यसअघि पनि फागुन २१ गते राखेपले सम्भव भएसम्म सबै खेल गतिविधि रोक्न भने पनि संचालनमा रहेका प्रतियोगितालाई यथावत चल्न दिने निर्णय गरेको थियो । उक्त विज्ञप्ति जारी हुनु अगाडिदेखि शुरु भएका कारण बी डिभिजन निरन्तर चलिरहेको थियो ।

तर, मंगलबार सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले १ हप्ताका लागि खेल गतिविधि रोक्ने निर्णय गरेसँगै बी डिभिजन लिग पनि रोकिएको हो ।

अहिले बी डिभिजनमा ३१ औं खेल सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ४ : २० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना