सर्वोच्च अदालत प्रवेश गर्नुअघि अनिवार्य रुपमा ज्वरो परीक्षण गराउनुपर्ने « Khabarhub

सर्वोच्च अदालत प्रवेश गर्नुअघि अनिवार्य रुपमा ज्वरो परीक्षण गराउनुपर्ने


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) सम्भावित संक्रमणबाट जोगिन सर्वोच्च अदालतमा समेत उच्च सतर्कता अपनाइएको छ ।

सर्वोच्च अदालतले दैनिक कामका लागि आउने सेवाग्राहीको ज्वरो नापेर मात्रै भित्र प्रवेश गर्न दिने व्यवस्था शुरु गरेको छ ।

सर्वोच्च अदालत प्रवेश गर्ने सेवाग्राहीले अब मुख्य प्रवेशद्वारमै आफ्नो तापक्रम (ज्वरो) परीक्षण गराउनुपर्ने छ ।

सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलका अनुसार अब सर्वोच्च अदालत प्रवेश गर्ने सेवाग्राहीको थर्मोस्क्यानरबाट ज्वरो परीक्षण गरिने छ । कुनै सेवाग्राहीमा १०० डिग्री फरेनहाइटभन्दा बढी तापक्रम देखिएमा तत्काल अदालतमै रहेको हेल्थ डेस्कमा राखी एम्बुलेन्स बोलाएर अस्पताल पठाइने पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ४ : ५९ बजे

राजनीति तात्दा सिनेमा हलको कन्तबिजोग

काठमाडौं – देशमा राजनीतिक घटनाक्रम चर्चामा रहँदा फिल्मी गतिविधिहरू छायाँमा

जेन–जी आन्दोलन : भ्रष्टाचार र नेतृत्वप्रति अविश्वास नै विद्रोहको मुख्य कारण

काठमाडौं– भदौ २३ र २४ गते नेपालमा भएको ऐतिहासिक ‘जेन–जी’

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष