मलेसियामा कोरोनाका कारण पहिलो पटक दुई जनाको मृत्यु | Khabarhub Khabarhub

मलेसियामा कोरोनाका कारण पहिलो पटक दुई जनाको मृत्यु


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्वालालम्पुर– कोरोना भाइरस कारण मलेसियामा पहिलो पटक दुई जनाको ज्यान गएको छ । मलेसियाको स्वास्थ्य मन्त्रालयले मुलुकमा मंगलबार दुई जनाको ज्यान गएको पुष्टि गरेको हो ।

मलेसियाका सञ्चारमाध्यमका अनुसार सारावाक राज्यको राजधानी कुचिङ शहरमा एकजना ६० वर्षे व्यक्तिको ज्यान गएको जनाएका छन् । उनी स्थानीय इम्मानुएल बाप्टिस्ट चर्चका पादरी रहेको जनाइएको छ । उनको मंगलबार ११ बजे ज्यान गएको हो ।

त्यसबाहेक जोहोर राज्यान पनि अर्का व्यक्तिको ज्यान गएको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् । मृत्यु हुनेमा ३४ वर्षे युवा छन् । उनको मंगलबार नै स्थानीय पेर्माई अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

मलेसियामा हालसम्म ६ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । दक्षिणपूर्वी एसियामा मलेसियामा सबैभन्दा धेरै मानिसहरुमा कोरोनाको संक्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको भनाइ छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ५ : ४३ बजे

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को