कोरोनाको प्रभावः डाक्टरको लाइसेन्स परीक्षा स्थगित « Khabarhub

कोरोनाको प्रभावः डाक्टरको लाइसेन्स परीक्षा स्थगित


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेपाल मेडिकल काउन्सिलले  एमबीबीएस तथा बीडीएसको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको छ ।

कोरोना भाइरसको संक्रमण महामारीका रुपमा विश्वभर फैलिरहेको र नेपाल पनि कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेकाले काउन्सिलले आगामी शनिबार हुने लाइसेन्स परीक्षा स्थगित गरेको हो ।

काउन्सिलका अध्यक्ष अध्यक्ष प्राडा भगवान कोइरालले देशभर कोरोना भाइरसको त्रास परीक्षाका कारण भिडभाड हुने भएकाले परीक्षा स्थगित भएको जानकारी दिए ।

डा कोइरालाका अनुसार परीक्षामा सहभागी हुन १ हजार ६७ जनाले परीक्षा फारम भरेका थिए ।

काउन्सिलले एमबीबीएस तथा बीडीए अध्ययन पूरा गरेकालाई हरेक वर्ष तीन पटक लाइसेन्स परीक्षाको आवेदन खुलाउने गरेको छ ।आगामी शनिबार चैत ८ गते काउन्सिलको यो शैक्षिक शत्रको अन्तिम लाइसेन्स परीक्षा तोकिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ६ : १५ बजे

संसद्‍मा आशिकाको माग- नदीजन्य वस्तुको उत्खननलाई व्यवस्थित गरौँ

काठमाडौं–  प्रतिनिधिसभा सांसद आशिका तामाङले त्रिशूलीगायत नदीमा भइरहेको नदीजन्य वस्तुको

प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग

काठमाडौं– प्रतिनिधिसभाको बैठक सांसदहरूले पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट 

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको