प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग « Khabarhub

प्रतिनिधिसभा : बाँदर आतङ्क रोक्नेदेखि प्रतिबन्धित क्षेत्र खुला गर्नुपर्ने माग


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको बैठक सांसदहरूले पहाडी क्षेत्रमा बाँदरले कृषि बाली नष्ट  गर्ने गरेको भन्दै समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्ने सांसदहरूले मनाङ–मुस्ताङ मुलुकका विभिन्न स्थानमा प्रतिबन्धित क्षेत्र घोषण गर्दा जनताको मौलिक हक हनन भएको भन्दै त्यसलाई खुला गरी स्थानीय तहमार्फत व्यवस्थापन र सञ्चालन गर्न माग गरेका छन् ।  

बैठकमा सांसद अशोक चौधरीले आफ्नो निर्वाचन क्षेत्रमा बाढीबाट बर्सेनि हुने डुबानको दिगो समस्या समाधानका लागि सरकारसँग आग्रह गरे । सांसद आकृति अवस्थीले सुशासनका पक्षमा र भ्रष्टाचारका विरुद्ध भएको जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने माग गरिन् ।

सांसद आर्यन राईले खोटाङलगायत पूर्वी पहाडका कृषि क्षेत्रमा बाँदर आतङ्क समाधानको उपायका बारेमा आफूहरूले सरकारलाई जानकारी गराएको उल्लेख गर्दै शीघ्र समाधानका लागि ध्यानाकर्षण गराए  । 

सांसद आशिष गजुरेलले सडक दुर्घटनामा दैनिक सात जनाको मृत्यु हुने गरेको तथ्य अवगत गराउँदै सडक सुरक्षा विधेयक तत्काल पेस गरी पारित गर्नका लागि ध्यानाकर्षण गराए  ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ३ : ०१ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष