सरकारलाई डा. दीक्षितको प्रश्न : कोरोनाको परीक्षण नै नगरेपछि कसरी देखिन्छ संक्रमण ? | Khabarhub Khabarhub

सरकारलाई डा. दीक्षितको प्रश्न : कोरोनाको परीक्षण नै नगरेपछि कसरी देखिन्छ संक्रमण ?


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले सरकारले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण एक जनामा पनि नदेखिएको भन्ने अभिव्यक्तिमाथि आशंका उब्जिएको बताएका छन् ।

उनले नेपालमा कोरोनाको आशंका गरिएका कुनै पनि व्यक्तिमाथि परीक्षण नभएको समेत आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै डा. दीक्षितले भाइरस परीक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै जनतालाई धोका दिएको आरोप लगाएका हुन् ।

उनले भने, ‘हामीलाई के भनिएको छ भने हाम्रो यहाँ त आएकै छैन । एउटालाई मात्रै देखिएको थियो, ठिक भैसक्यो, नेपालमा त कोरोना भाइरस छँदै छैन्, टेस्ट नै नगरेपछि कहाँबाट हुन्छ त ?’

डा. दीक्षितले सरकारसँग कोरोना भाइरसको परीक्षण गर्ने किट नै नभएको दावी समेत गरेका छन् ।

उनले सरकारसँग भएका केही किटहरु भीआइपीको परीक्षणका लागि मात्र प्रयोग गरिएको आरोप समेत लगाएका छन् ।

उनले भने, ‘अझ खतरनाक कुरा जो जति किट छ रे त्यो खालि भीआइपीको लागि त्यो कति सत्य हो त्यो चाहिं भन्न सक्दिन र अरु तीनवटा कुरा चाहिं विलकुल सत्य हुन् ।’

एकदिन अघि मात्रै इटलीबाट प्रशिक्षणका लागि आएका एकजना व्यक्तिलाई ज्वरो र खोकी लागेको भएपनि सरकारले परीक्षण नगरेको उनले बताए । उनले आफ्नो अस्पतालमा अझैपनि ३ जना शंकास्पद बिरामी रहेको तर टेकु अस्पतालले परीक्षण नगरिदिएको आरोप समेत लगाएका छन् ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले कोरोना भाइरसको सन्त्रास देखाएर कालोबजारी गर्नेहरुलाई कारबाही गरिरहेको बताए ।

उनले कालोबजारी गर्ने व्यापारी, व्यवसायी, उत्पादक कसैलाई पनि छुट नहुने भन्दै गलत गर्नेमाथि कारबाही हुनेमा विस्वस्त हुन आग्रह गरे ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ६ : ५८ बजे

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने

ट्रम्प र पुटिनको वार्ता निष्कर्षविहीन भएपछि रुसद्वारा युक्रेनमाथि भीषण आक्रमण

किभ – रूसी सरकारी प्रवक्ताले शुक्रबार एक प्रेस ब्रिफिङमार्फत युक्रेनमाथिको

शल्यक्रिया गरेको केही समयमा मृत्यु, आफन्त आन्दोलित

दाङ – दाङ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुत्केरीको मृत्यु भएपछि

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

झापा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशस्त