सरकारलाई डा. दीक्षितको प्रश्न : कोरोनाको परीक्षण नै नगरेपछि कसरी देखिन्छ संक्रमण ? « Khabarhub

सरकारलाई डा. दीक्षितको प्रश्न : कोरोनाको परीक्षण नै नगरेपछि कसरी देखिन्छ संक्रमण ?


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले सरकारले नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण एक जनामा पनि नदेखिएको भन्ने अभिव्यक्तिमाथि आशंका उब्जिएको बताएका छन् ।

उनले नेपालमा कोरोनाको आशंका गरिएका कुनै पनि व्यक्तिमाथि परीक्षण नभएको समेत आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै डा. दीक्षितले भाइरस परीक्षण नै नगरी सरकारले संक्रमण देखिएको छैन भन्दै जनतालाई धोका दिएको आरोप लगाएका हुन् ।

उनले भने, ‘हामीलाई के भनिएको छ भने हाम्रो यहाँ त आएकै छैन । एउटालाई मात्रै देखिएको थियो, ठिक भैसक्यो, नेपालमा त कोरोना भाइरस छँदै छैन्, टेस्ट नै नगरेपछि कहाँबाट हुन्छ त ?’

डा. दीक्षितले सरकारसँग कोरोना भाइरसको परीक्षण गर्ने किट नै नभएको दावी समेत गरेका छन् ।

उनले सरकारसँग भएका केही किटहरु भीआइपीको परीक्षणका लागि मात्र प्रयोग गरिएको आरोप समेत लगाएका छन् ।

उनले भने, ‘अझ खतरनाक कुरा जो जति किट छ रे त्यो खालि भीआइपीको लागि त्यो कति सत्य हो त्यो चाहिं भन्न सक्दिन र अरु तीनवटा कुरा चाहिं विलकुल सत्य हुन् ।’

एकदिन अघि मात्रै इटलीबाट प्रशिक्षणका लागि आएका एकजना व्यक्तिलाई ज्वरो र खोकी लागेको भएपनि सरकारले परीक्षण नगरेको उनले बताए । उनले आफ्नो अस्पतालमा अझैपनि ३ जना शंकास्पद बिरामी रहेको तर टेकु अस्पतालले परीक्षण नगरिदिएको आरोप समेत लगाएका छन् ।

कार्यक्रममा प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले कोरोना भाइरसको सन्त्रास देखाएर कालोबजारी गर्नेहरुलाई कारबाही गरिरहेको बताए ।

उनले कालोबजारी गर्ने व्यापारी, व्यवसायी, उत्पादक कसैलाई पनि छुट नहुने भन्दै गलत गर्नेमाथि कारबाही हुनेमा विस्वस्त हुन आग्रह गरे ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ६ : ५८ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,