लागुऔषधसहित १२ जना पक्राउ  | Khabarhub Khabarhub

लागुऔषधसहित १२ जना पक्राउ 


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लागु औषध नियन्त्रण ब्यूरोले नियन्त्रित लागूऔषध र मनोद्विपक पदार्थ सहित १२ जनालाई पक्राउ गरेको छ ।

व्युरोले पछिल्लो १२ दिनमा सञ्चालन गरेको कारवाहीका क्रममा तीन महिला सहित १२ जनालाई ८ हजार ११ एम्पुल र नाईट्राभेट ५४० ट्याब्लेट सहित पक्राउ गरेको हो ।

पछिल्लो १२—१२ दिनमा चलाएको अभियानमा व्युरोले ठूलो सफलता प्राप्त भएको जनाएको छ । नेपालमा लागूऔषध भित्रिने मुख्य नाकाहरु वीरगञ्ज, काँकडभित्ता र सुनौली रहेको प्रहरीले जनाएको छ । मुख्य नाकामध्ये वीरगञ्जमा लागूऔषध नेपाल ओसार पोसार गर्ने भारतको मोतिहारी पूर्वि चम्पारणका २४ वर्षिय विकाश कुमार र सोही ठाउँका २४ वर्षिय विकास कुरमा रामलाई समेत पक्राउ गर्न सफल भएको जनाएको छ ।

उनीहरुको साथबाट बुप्रेनोर्फिन ४ सय एम्पुल, डाइजेपाम ४ सय एम्पुल र फेनारगन ४ सय एम्बुल समेत बरामद भएको छ । उक्त कारोबारमा संलगन काभ्रे धुलिखेल ६ का उद्दव आचार्य (६०)लाई समेत पक्राउ गरिएको छ । चैत १ गते काठमाडौंको कलंकीबाट पक्राउ परेका व्यक्तिहरुको बयानका आधारमा उनीहरुर्लाइ पक्राउ गरिएको व्युरोका प्रमुख बसन्त बहादुर लामाले बताए ।

चैत १ गते प्ररीले बुप्रेनोर्फिन १ हजार एम्पुल, डाइजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुलसहित पर्साको वीरगञ्ज महानगरपालिका १३ का मैंयादेवी श्रेष्ठ (५२), वडा नम्बर १५ का ज्योती बराल (२४)लाई पक्राउ गरेको थियो ।

व्युरोले फागुन २८ गते काठमाडौंको गोकर्णेश्वर ८ बेसीगाउँबाट बुप्रेनोर्फिन ६६० एम्पुल, डाईजेपाम ५९१ एम्पुल, फेनारगन ६१५ एम्पुल, नाईट्राभेट ५४० ट्याब्लेट र लागु औषध कारोबारको रकम १ लाख ९४ हजार ५ सय सहित सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका ७ का राजिव तामाङलाई पक्राउ गरेको छ ।

उनीसँगै ओखलढुंगा, सिद्धिचरण नगरपालिका ७ का सरोज राई (२१) लाई पक्राउ गरिएको व्युरोले जनाएको छ । यसैगरी फागुन २२ गते बल्खुबाट बुप्रेनोर्फि, डाईपेजाम र फेनारगन ३—३ सय एम्पुलसहित बाराको कलैया ७ बाट पचुदास गिरी (३५) लाई पक्राउ गरिएको छ ।

लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको टोलीले फागुन २० गते नुवाकोट सुर्यगढी नगरपालिका ५ का सरोज पौडेल (२५), सिन्धुपाल्चोक इन्द्रवती ४ का उर्मिला तामाङ (२२), धादिङको निलकण्ठ नगरपालिका १ का राज कुमार गुरुङ (२९) र महोत्तरी मटिहानी नगरपालिका ८ का इमतियाज नदाफलाई बुप्रेनोर्फिन ३९६ एम्पुल, डाइजेपाम २४४ एम्पुल र फेनारगन ४०५ एम्पुलसहित नियन्त्रणमा लिइएको जनाएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  १० : ०६ बजे

पूर्व प्रधानमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल

जन्मदिन मनाउँदै पूर्वराजा : निर्मल निवासमा शुभकामना दिनेको लाइन (तस्बिरहरू)

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाइरहेका छन् ।

पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड  हेरिटेज

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प, बिरामी मर्कामा 

काठमाडौं– उपभोक्ता अदालतको फैसलाबिरुद्ध आन्दोलनरत नेपाल चिकित्सक संघले सोमबार देशभरका

एएफसी क्वालफायर खेलेर फर्कियो महिला फुटबल टोली (तस्बिरहरू)

काठमाडौं– एएफसी क्वालफायर खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश