लकडाउन पालन नगर्दा नाइजेरियामा झडप, १८ जनाको मृत्यु « Khabarhub

लकडाउन पालन नगर्दा नाइजेरियामा झडप, १८ जनाको मृत्यु


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरस सङ्क्रमण फैलिन रोक्न सरकारद्वारा घोषणा गरेको बन्दाबन्दी (लकडाउन) को पालना गराउने क्रममा विभिन्न राज्यमा झडप हुँदा कम्तीमा १८ नागरिकको मृत्यु भएको यहाँको मानव अधिकारवादी समूहले बिहीबार बताएको छ ।

नाइजेरियाको ठूलो सहर लागोस र अबुजामा पूर्णरूपमा बन्दाबन्दी भएको छ भने अन्य केही राज्य र शहरमा अत्यावश्यक सेवाबाहेक घरबाहिर ननिस्कन प्रशासनले नागरिकसँग आग्रह गरेको छ । सङ्क्रमण फैलिन नदिन घोषणा गरिएको लकडाउनको पालना गराउन प्रशासनले प्रहरी तथा सेनासमेतलाई परिचालन गरेको छ ।

मानवअधिकारवादी समूहले भनेको छ, ‘नाइजेरियामा बन्दाबन्दीको पालना गराउने क्रममा देशका विभिन्न राज्यमा झडपका कारण मृत्यु हुनेको सङ्ख्या अहिलेसम्म सङ्क्रमणका कारण मृत्यु भएका व्यक्तिको सङ्ख्याभन्दा बढी छ ।’

अत्यधिक जनघनत्व रहेको अफ्रिकी मुलुक नाइजेरियामा बिहीबारसम्म ४०७ व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको छ भने सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ ।

नाइजेरियाली राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय समय अनुसार बुधबार रातिसम्ममा आफ्नो कार्यालयमा मानव अधिकार उल्लङ्घनका १०५ घटना दर्ता गराइएको छ र ती अधिकांश घटनामा सुरक्षाकर्मीबाट अनावश्यक बल प्रयोग गरिएको दावी गरिएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ७ : २८ बजे

पन्ध्र दिने मूर्तिकला कार्यशाला सम्पन्न

मुस्ताङ– घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीको किनारमा यही वैशाख ७ गतेदेखि

यातायात व्यवसायी महासंघद्वारा सातौँ महाधिवेशनका लागि प्रचार–प्रसार आचारसंहिता जारी

काठमाडौं– नेपाल यातायात व्यवसायी महासंघले आगामी सातौँ राष्ट्रिय महाधिवेशनलाई लक्षित

प्रदेश सरकारले आफ्नो गतिमा काम गरिरहेको छ : मुख्यमन्त्री यादव

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सरकारले आफ्नो गतिमा काम

रवि पत्नी निकिताले हारिन् ९ सञ्चारमाध्यविरूद्ध दायर करोडौँ बिगो दाबीसहितको मुद्दा

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पत्नी निकिता