शङ्कास्पद देखिएपछि दुई नमूना काठमाडौं पठाइयो | Khabarhub Khabarhub

शङ्कास्पद देखिएपछि दुई नमूना काठमाडौं पठाइयो


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- भरतपुर कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ ।

बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ ।

बुधबार र्‍यापिड डायग्नोष्टिक टेष्टका क्रममा एक महिलाको शङ्कास्पद नतिजा आएको थियो । उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो ।

उनीहरुमध्ये आमा र एउटा छोराको नमूना शङ्कास्पद आएको भरतपुर अस्पतालले जनाएको छ । उनीहरुलाई अहिले पनि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको छ । चैत ५ गते उनीहरु बेलायतबाट हङकङ हुँदै आएका हुन् । निजहरु राप्ती नगरपालिकाका बासिन्दा भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ९ : १५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका