लकडाउनमा घर हिँडेका पैदलयात्री र प्रहरीबीच झडप « Khabarhub

लकडाउनमा घर हिँडेका पैदलयात्री र प्रहरीबीच झडप


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- कोभिड–१९ को महामारी रोक्न जारी गरिएको लकडाउन लम्बिएपछि पृथ्वी राजमार्ग हुँदै पैदलै घर हिँडेका मजदूर धादिङ र चितवनको सीमाना मौवाखोलामा रोकिएका छन् ।

कामका लागि जिल्लाका विभिन्न भागमा आएका मजदूर काम नपाइएको र खानेकुरा पनि सकिएपछि हिँडेर घर जान लागेका बेला चितवन प्रहरीले धादिङको सीमाना क्षेत्रमा रोकेको हो ।

बिहीबार बिहानैदेखि ३ सयभन्दा बढी मजदूर रोकिँदा उनीहरु दिनभर सो क्षेत्रमा भोकभोकै परेका थिए । यसरी मजदूर रोकिएपछि मौवाखोला बजारवासीले उनीहरुलाई हिँडेर घर जान दिन प्रहरीलाई आग्रह गरे पनि बजारबासीको आग्रहसमेत अस्वीकार गरी प्रहरीले चितवन क्षेत्र प्रवेश गर्न नदिएपछि बजारबासी र मजदूर मिलेर प्रहरीसँग झडपमा उत्रिएका थिए ।

घटनाले उग्ररुप लिने भएपछि धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङ र चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईबीच वार्ता भएको छ । वार्तापछि मजदूरलाई खाद्यान्न बोक्ने सवारी साधनमा राखेर घरतर्फ जान दिने सहमति भएको छ ।

धादिङका विभिन्न इँटा उद्योग, विद्यालय निर्माण र गाउँमा पुनःनिर्माणका लागि आएका मजदूर घरतर्फ जान लागेका थिए । एक जिल्लाबाट अर्को जिल्ला जानका लागि अतिआवश्यकीय सवारी साधनसमेत रोकिएपछि प्रमुख जिल्ला अधिकारीले वार्ताका माध्यमबाट समस्या समाधान गरेका हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ९ : ३० बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी