लकडाउनमा घर हिँडेका पैदलयात्री र प्रहरीबीच झडप | Khabarhub Khabarhub

लकडाउनमा घर हिँडेका पैदलयात्री र प्रहरीबीच झडप


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ- कोभिड–१९ को महामारी रोक्न जारी गरिएको लकडाउन लम्बिएपछि पृथ्वी राजमार्ग हुँदै पैदलै घर हिँडेका मजदूर धादिङ र चितवनको सीमाना मौवाखोलामा रोकिएका छन् ।

कामका लागि जिल्लाका विभिन्न भागमा आएका मजदूर काम नपाइएको र खानेकुरा पनि सकिएपछि हिँडेर घर जान लागेका बेला चितवन प्रहरीले धादिङको सीमाना क्षेत्रमा रोकेको हो ।

बिहीबार बिहानैदेखि ३ सयभन्दा बढी मजदूर रोकिँदा उनीहरु दिनभर सो क्षेत्रमा भोकभोकै परेका थिए । यसरी मजदूर रोकिएपछि मौवाखोला बजारवासीले उनीहरुलाई हिँडेर घर जान दिन प्रहरीलाई आग्रह गरे पनि बजारबासीको आग्रहसमेत अस्वीकार गरी प्रहरीले चितवन क्षेत्र प्रवेश गर्न नदिएपछि बजारबासी र मजदूर मिलेर प्रहरीसँग झडपमा उत्रिएका थिए ।

घटनाले उग्ररुप लिने भएपछि धादिङका प्रमुख जिल्ला अधिकारी असमान तामाङ र चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईबीच वार्ता भएको छ । वार्तापछि मजदूरलाई खाद्यान्न बोक्ने सवारी साधनमा राखेर घरतर्फ जान दिने सहमति भएको छ ।

धादिङका विभिन्न इँटा उद्योग, विद्यालय निर्माण र गाउँमा पुनःनिर्माणका लागि आएका मजदूर घरतर्फ जान लागेका थिए । एक जिल्लाबाट अर्को जिल्ला जानका लागि अतिआवश्यकीय सवारी साधनसमेत रोकिएपछि प्रमुख जिल्ला अधिकारीले वार्ताका माध्यमबाट समस्या समाधान गरेका हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ९ : ३० बजे

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

जनकपुरधाम – बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई

तीन लाख घुससहित मर्चवारी-३ का वडाध्यक्ष पक्राउ

रुपन्देही – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का

एएफसी महिला एसियन कप छनोट : भुटानले सिंगापुरलाई हरायो

काठमाडौं – भुटानले एएफसी महिला एसियन कप २०२६ को छनोट

जापानको सेयर बजारमा गिरावट, ट्रम्पको भन्सार नीतिले लगानीकर्ता सतर्क

टोकियो – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले केही देशहरूलाई नयाँ एकपक्षीय

भुम्लु गाउँपालिका अनिवार्य तथा निःशुल्क शिक्षायुक्त गाउँपालिका घोषणा

काठमाडौं – काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा आधारभूत तहको शिक्षा ‘अनिवार्य तथा