आर्यानले लेखे- मन लागेको गर्नुस्, तर घर बाहिर ननिस्किनुस् « Khabarhub

आर्यानले लेखे- मन लागेको गर्नुस्, तर घर बाहिर ननिस्किनुस्


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाभाइरस कारण विश्व त्रसित छ । विश्वका अधिकांश मुलुकले कोरोनाको जोखिम फैलिन नदिन लकडाउन लागू गरेका छन् ।

लकडाउनका कारण कलाकारहरु पनि घरमै थुनिएका छन् । सधै‌ सुटिङ स्थलमा क्यामेरा अगाडि व्यस्त हुने कलाकारहरु घरभित्रै रहे पनि कोरोना रोकथामका लागि आफूले गर्न सक्ने सहयोग गरिरहेका छन् ।

केहीले सरकारको राहत कोषमा रकम जम्मा गरेका छन् भने केहीले कोरोना रोकथामका लाग सचेतना फैलाइरहेका छन् ।

यो बेला सामाजिक सञ्जाल सबैभन्दा बढी प्रभावकारी देखिएको छ । अधिकांश कलाकारहरुले सामाजिक सञ्जालमा कोरोना रोकथामका लागि विभिन्न सकारात्मक सन्दे प्रवाह गर्दै आएका छन् ।

नायक आर्यन सिग्देलले सामाजिक सञ्जालमा एउटा फोटो पोष्ट गरेका छन् । जहाँ उनी कुटो बोकेर बारी खनिरहेको छन् ।

उनले क्याप्सनमा आफ्नो आमासँग बारीमा काम गर्दा निकै रमाइलो भइरहेको उल्लेख गरेका छन् ।

आर्यनले कोरोनाभाइरसको संक्रमणबाट जोगिन सबैलाई घर बाहिर ननिस्किन तथा भीडभाड नगर्न पनि आग्रह गरेका छन् । उनले लेखेका छन्– ‘आफूलाई मन लागेको कुरा गर्नुहोस् । तर, घर बाहिर ननिस्कनुहोला ।’

उनले कोरोना भाइरसको जोखिम रोक्न आफै सुरक्षित रहनु बाहेकको विकल्न नरहेको भन्दै सबैलाई घरभित्रै सुरक्षा सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ९ : ३९ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट