बिहान १० देखि ४ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न पाइने, एम्बुलेन्समा बढीमा दुई जना « Khabarhub

बिहान १० देखि ४ बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न पाइने, एम्बुलेन्समा बढीमा दुई जना


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन-  चितवनमा लकडाउनलाई थप कडाइ गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्कन निर्देशन दिएको छ ।

आजदेखि वैशाख १५ गतेसम्म लकडाउनको अवधिभर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म मात्रै अत्यावश्यक पसलहरु सञ्चालन गर्न पाइने चितवन प्रशासनले जनाएको छ ।

जिल्ला सुरक्षा समिति चितवनको बैठकले औषधि पसल, खानेपानीका जार बेच्ने पसल (थोक पसल मात्र), ग्यास डिपो, पेट्रोल पम्प, खाद्यान्न मात्र बिक्री गर्ने पसल, पशुपक्षीका दाना बिक्री गर्ने पसल, ठेलागाडा र साइकलमा तरकारी बेच्ने तथा दूग्धजन्य पदार्थ विक्री गर्ने डेरीहरु मात्र सञ्चालन गर्न पाइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत खेमराज पौडेलले जानकारी दिए ।

सवारी साधनको हकमा एम्बुलेन्स, दमकल, शववाहन, मालवाहक सवारी साधन, सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रवाहक स्वास्थ्यकर्मीका सवारी साधन मात्र चल्न पाउने उनले बताए ।  एम्बुलेन्समा बिरामीको साथमा बढीमा दुई जना सहयोगी मात्र रहनुपर्ने सूचनामा उल्लेख छ । स्वास्थ्यकर्मीले आफ्नो ड्युटी रोस्टर देखाएर मात्र यात्रा गर्न पाउनेछन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १० : ५४ बजे

ओली पक्राउ परेको विरोधमा युवा संघले निकाल्यो मसाल जुलुस (तस्बिरहरू)

काठमाडाैं – आज पक्राउ परेका एमाले अध्यक्ष केपी शर्मा ओलीको

बालेन सरकारको योजना : पासपोर्ट, नागरिकता र लाइसेन्स घर घरमै पुर्‍याउने

काठमाडौं – बालेन्द्र शाह नेतृत्वको सरकारले नागरिकलाई सरकारी सेवा घरमै

बालेन सरकारले सात दिनभित्र संविधान संशोधन सम्बन्धी बहस सुरु गर्ने

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्ले शुक्रबार स्वीकृत गरेको

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा