पुनःनिर्माण सम्बन्धी राष्ट्रिय विचार गोष्ठी स्थगित « Khabarhub

पुनःनिर्माण सम्बन्धी राष्ट्रिय विचार गोष्ठी स्थगित


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को जोखिम हुन नदिन जारी बन्दाबन्दी (लकडाउन)का कारण नेपालको पुनःनिर्माण सम्बन्धी आयोजना गर्न लागिएको राष्ट्रिय विचार गोष्ठी स्थगन गरिएको छ ।

पुनःनिर्माणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको पूर्वतयारीका क्रममा यही वैशाख १० देखि १२ गतेसम्म राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काठमाडौंमा राष्ट्रियस्तरको गोष्ठी आयोजना गर्ने तयारी गरेको थियो ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ का कारण विषम परिस्थिति उत्पन्न भएकाले गोष्ठी स्थगन गरिएको सम्मेलन सचिवालयका सदस्य सचिव एवं प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिए ।

विसं २०७७ मङ्सिर १२ देखि १४ (सन् २०२० नोभेम्बर २७ देखि २९) सम्म नेपालको पुनःनिर्माणसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन गर्ने कार्यक्रम रहेको उनले बताए । गोष्ठी स्थगनबाट पर्न गएको असुविधाप्रति प्राधिकरणले दुःख व्यक्त गरेको छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ११ : ३८ बजे

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

फिलिपिनी जहाज आगलागी : मृत्यु हुनेको सङ्ख्या ७६ पुग्यो, १३ अझै बेपत्ता

मनिला – फिलिपिन्सको पर्यटकीय क्षेत्र पलावान प्रान्तको पानीमा बुधबार पानीजहाजमा

पुटिनसँग वार्ताका लागि जेलेन्स्की तयार

काठमाडौं – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि रुसी

भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा सुधारका लागि

बाढीमा घरबास गुमाएकालाई प्रदेश सरकारले आवास बनाइदिने

भक्तपुर – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले रसुवाको भोटेकोशीमा आएको