कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य | Khabarhub Khabarhub

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि कर्णाली प्रदेशसभाको पाँचौं (हिउँदे) अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेशसभा बैठक फागुन २७ गतेदेखि बस्न सकेको थिएन । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि शुरु भएको थियो ।

विधेयक अधिवेशनका रुपमा लिइने यस अधिवेशनमा ६ वटा बैठक सम्पन्न भए । प्रदेशसभा सचिवालयका अनुसार विभिन्न समितिमा विचाराधिन ८ वटा विधेयक चालू अधिवेशनबाट पारित हुने सम्भावना थियो । तर कोभिड १९ द्वारा सिर्जित समस्याका कारण यस अवधिमा एउटा पनि विधेयक पारित हुन सकेन

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ११ : ५६ बजे

साउदी किङ कप : अल नासर फाइनलमा

काठमाडौं– अल नासर साउदी किङ कपको फाइनलमा प्रवेश गरेको छ

क्रिक्रेटको क्रेजले चिरेको निरासा

धार्मिक, सामाजिक र राजनीतिक रुपमा विचार र व्यवहारले विभक्त नेपाली

भाजपाको निमन्त्रणामा नेपाली नेताहरुको दिल्ली यात्रा

काठमाडौं– भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा नेपालका पाँच दलका पाँच

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका

कस्तो अवस्थामा पानी पिउनु हानिकारक हुन्छ ?

काठमाडौं– पानी मावन जीवनमा अनिवार्य छ । पानी बिनाको जीवन