कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य « Khabarhub

कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कोभिड–१९ को जोखिम हुन नदिन बन्दाबन्दी (लकडाउन) जारी रहेपछि कर्णाली प्रदेशसभाको पाँचौं (हिउँदे) अधिवेशन अन्त्य गरिएको छ ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नेपालको संविधानको धारा १८३ (२) बमोजिम आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

प्रदेशसभा बैठक फागुन २७ गतेदेखि बस्न सकेको थिएन । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्यको घोषणा गरेका हुन् । कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन माघ २४ गतेदेखि शुरु भएको थियो ।

विधेयक अधिवेशनका रुपमा लिइने यस अधिवेशनमा ६ वटा बैठक सम्पन्न भए । प्रदेशसभा सचिवालयका अनुसार विभिन्न समितिमा विचाराधिन ८ वटा विधेयक चालू अधिवेशनबाट पारित हुने सम्भावना थियो । तर कोभिड १९ द्वारा सिर्जित समस्याका कारण यस अवधिमा एउटा पनि विधेयक पारित हुन सकेन

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ११ : ५६ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६