मध्यपश्चिमाञ्चल विश्वविद्यालय र ओइआरयूबीच अनलाइन शिक्षण प्रविधिसम्बन्धी सम्झौता « Khabarhub

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र ओइआरयूबीच अनलाइन शिक्षण प्रविधिसम्बन्धी सम्झौता


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरेन्द्रनगर– मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) र शैक्षिक संस्था ओपन एजुकेसन रिर्सोस फर युनिर्भसिटिज (ओइआरयू) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । अनलाइन शिक्षण प्रविधि सञ्चालन गर्ने सम्बन्धमा मध्यपश्चिमाञ्लय विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र ओइआरयूकातर्फ वेनी म्याकिन्टसले हस्ताक्षर गरेका छन् ।

ओइआरयू संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन(युनेस्को)को एक महत्वपूर्ण परियोजना हो । जसलाई ओइआर फाउण्डेशनले सञ्चालन गरिरहेको छ । विश्वभरका ४१ विभिन्न प्रतिष्ठित विश्वविद्यालय तथा अन्तर्राष्ट्रिय संस्थाहरु यसमा आवद्ध छन् । एशियामा १३ तथा नेपालमा नेपाल खुला विश्वविद्यालय र मध्यपश्चिमाञ्चल विश्वविद्यालय मात्र ओइआरयूका साझेदार बनेका छन् ।

ओइआरयू आउटरिच पार्टनरसीप प्रोग्रामअन्तर्गत मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सम्झौता गरेको हो । विश्वविद्यालयका उपप्राध्यापक पञ्चदेव भट्टले ‘फोकल पर्सन’का रुपमा सहजीकरण गरिरहेका छन् । त्यस्तै, विश्वविद्यालयले अनलाइन शिक्षण प्रविधिका लागि टर्नइटइनसँग सम्झौता गरेको छ । यसअन्तर्गत ग्रेडस्कोप, फिडब्याक स्टुडियो र सिमचेक फर एडमिसन फिचरहरु छन ।

उपप्राध्यापक भट्टले मध्यपश्चिमाञ्चल विश्वविद्यालयका लागि मात्र नभई नेपालकै लागि शैक्षिक क्षेत्रमा महत्वपूर्ण सम्झौता भएको दाबी गरे । ‘यी प्रणालीमार्फत विद्यार्थी तथा प्राध्यापक दुवैले अहिलेको लकडाउनका बेला मात्रै नभई भविष्यमा पनि अनलाइनका माध्यमबाट शैक्षिक सामग्री, अनुसन्धान शोधपत्र प्राप्त गर्न सक्छन्,’ उनले भने, ‘सिङ्गो विश्वविद्यालयलाई इ–युनिभर्सिटी अर्थात् प्रविधिमैत्री विश्वविद्यालयको रुपमा स्थापित गर्न सम्झौताले धेरै मद्दत पुर्‍याएको छ ।’

सन् २०१० मा स्थापना भएको विश्वविद्यालयले हाल कोभिड–१९ द्वारा सिर्जित लकडाउनमा यसको रोकथाम तथा न्यूनीकरणका लागि जनचेतनामुलक सन्देश सामग्री उत्पादन गरिरहेको छ । सुर्खेत केन्द्रीय कार्यालय रहेको एमयूका आङ्गिक र केन्द्रीय गरी १७ वटा क्याम्पस छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  १२ : १२ बजे

अर्थमन्त्री वाग्लेले आज उद्योगपतिहरूसँग बजेट कार्यान्वयनबारे छलफल गर्दै

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उद्योगका उद्योगपतिहरुसँग छलफल

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको

दार्चुलामा मध्य चमेलिया जलविद्युत आयोजना निर्माण हुने

काठमाडौँ– सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप

बिरामीलाई थाहै नहुने हेपाटाइटिस महामारी के हो ?

काठमाडौँ – हरेक वर्ष जुलाई २८ तारिखका दिन विश्वभर ‘विश्व

काँकरभिट्टाबाट गत वर्ष साढे ९ हजार विदेशी पर्यटक भित्रिए

झापा– नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष