एकै परिवारका चार जना माटोको ढिस्कोमा पुरिए, अवस्था गम्भीर « Khabarhub

एकै परिवारका चार जना माटोको ढिस्कोमा पुरिए, अवस्था गम्भीर


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे – काभ्रेपलाञ्चोक जिल्लाको विकट खानीखोला गाउँपालिकामा माटो लिन गएका एकै परिवारका चारजनालाई माटोको ढिस्कोले पुरेको छ ।

खानीखोला गाउँपालिकाका प्रवक्ता मानबहादुर गोलेका अनुसार खानीखोला गाउँपालिकाको वडा नं ४ को पत्थरचोकमा घरमा पोत्ने माटो लिन गएका एकै परिवारका चार जनालाई माटोको ढिस्कोले पुरेको हो ।

स्थानीय धनबहादुर गोलेका छोरीहरु एरिना गोले, सरिना गोले, सनिसा गोले र अनिसा गोलेलाई माटोको ढिस्कोले पुरेको थियो ।

घाइतेको तालढुंगा स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

माटोले पुरिएका दिदीबहिनीको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी रविराज पौडेलले जानकारी दिए । गम्भिर घाइते भएका चारै जनालाई उपचारको लागि हेलिकोप्टरबाट काठमाडौैं ल्याउने तयारी भैरहेको प्रवक्ता गोलेले जानकारी दिए ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  २ : ५९ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच