सरकारमा बसेकाहरु निमुखाहरुको यात्राको दर्शक मात्रै : देउवा « Khabarhub

सरकारमा बसेकाहरु निमुखाहरुको यात्राको दर्शक मात्रै : देउवा


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजधानीबाट घर जान हिँडेका जनतालाई तत्काल गासवासको प्रवन्ध गरि सुरक्षितसँग घर पुर्‍याउ सरकारसँग आग्रह गरेका छन् ।

घर जाने जनताहरुलाई तत्काल गासवासको प्रवन्ध गरि सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन सरकारसँग देउवाले आग्रह गरेका छन् ।

सयौं किलोमिटर पैदल हिँडेर घर गइरहका प्रति सरकार सवेदनशील नबनेको आरोप देउवाको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा देउवाले लेखेका छन्,’राजधानीबाट घर जाने ति जनताहरुलाई तत्काल गासवासको प्रवन्ध गरी सुरक्षित ढंगले गाउँ पुर्याउने व्यवस्था मिलाउन म सरकारसँग आग्रह गर्दछु ।’

देउवाले अगाडि लेखेका छन्,’काठमाडौंमा श्रम गरिरहेका नागरिकहरु खाना र बस्ने व्यवस्था नुहदा सयौं किलोमीटर पैदल हिंडेर घर गइरहेका छन्।सरकारको भरथेग सबैभन्दा बढि तिनै निमुखा जनतामाथि हुनुपर्ने हो।तर सरकारमा बसेकाहरु ति निमुखाहरुको त्यो यात्राको दर्शक मात्रै भएका छ।’

सभापति देउवाले पैदल हिँडेर घर गइरेका नागरिकलाई स्थानीय तह र पार्टीका विभिन्न संगठनले सामाजिक दूरी कायम गरी आआफ्नो क्षेत्रमा खाना र वासको प्रवन्ध मिलाउन आग्रह गरेका छन् ।

‘लकडाउनको कारण काठमाडौं लगायत विभिन्न क्षेत्रबाट खाना र बस्ने व्यवस्था नभएर पैदल हिडेर घर गइरहेका नागरिकहरुलाई नेपाली कांग्रेसका स्थानीय तह र पार्टीको भातृ तथा सुवेच्छुक संस्थाका साथिहरुले सामाजिक दुरी कायम गरी आआफ्नो क्षेत्रमा खाना र राती भए वासको प्रवन्ध मिलाउन आग्रह गर्दछु।’ देउवाले भनेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ३ : ३० बजे

केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वप्रधानमन्त्री ओली र लेखकलाई आज अदालत लगिँदै

काठमाडौँ– शनिबार बिहान पक्राउ परेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का

बालेन्द्र सरकारका सय कामको कार्यसूची सकारात्मक र स्वागतयोग्य : बाबुराम भट्टराई

काठमाडौँ– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको सरकारले

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

बाढीले बिपी राजमार्गको अस्थायी सडक बगायो : सवारी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीले बिपी