लकडाउन कार्यान्वयन गर्ने नाममा सर्वसाधारणमाथि ज्यादती नगर्न प्रहरी महानिरीक्षकको निर्देशन | Khabarhub Khabarhub

लकडाउन कार्यान्वयन गर्ने नाममा सर्वसाधारणमाथि ज्यादती नगर्न प्रहरी महानिरीक्षकको निर्देशन


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवालीले लकडाउन कार्यान्वयन गर्ने नाममा सर्वसाधारणमाथि ज्यादती नगर्न मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिएका छन् ।

लकडाउन कार्यान्वयन गर्ने क्रममा प्रहरीले सर्वसाधारणमाथि ज्यादती गर्न लागेका विषय सार्वजनिक भएपछि (आईजी) ज्ञवालीले प्रहरी अतिरिक्त महानिरीक्षकसहित मातहतका प्रहरी अधिकृतहरुलाई बोलाएर सर्वसाधारणसँग नम्र भएर प्रस्तुत हुन निर्देशन दिएका हुन् ।

आईजी ज्ञवालीले शुक्रबार ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी)हरु तारणि लम्साल, शैलेश थापा र हरिबहादुर पालसहित काठमाडौं उपत्यकाका प्रमुखहरुलाई बोलाएर प्रहरीबाट सर्वसाधारणलाई लाठी बर्साउने काम तत्काल बन्द हुनुपर्ने चेतावनी समेत दिएका छन् ।

‘विश्वव्यापी रुपमा नै कोरोनाको प्रकोप बढेको छ । यसको संक्रमण फैलिन नदिन सुरक्षाकर्मीले अग्र मोर्चामा रहेर काम गर्नुपर्ने जिम्मेवारी छ । तर, यसको अर्थ सर्वसाधारणमाथि कडा भएर प्रस्तुत हुने, ज्यादती गर्ने, कुटपिट गर्ने हैन,’ आईजी ज्ञवालीले दिएको निर्देशन उद्धृत गर्दै एक प्रहरी अधिकृतले भने, ‘अहिलेको अवस्थामा नम्र भएर सम्झाइ बुझाइ गर्ने हो । लकडाउनका बेला बाहिर निस्किने जनताको समस्या बुझेर त्यो समस्या समाधानका लागि प्रहरीले भूमिका खेल्नु पर्छ ।’

आईजी खनालले महानगरीय प्रहरी आयुक्तको कार्यालय प्रमुख डीर्आजी विश्वराज पोखरेल, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुवेदी, ललितपुर परिसर प्रमुख एसएसपी टेकप्रसार राई, महानगरीय ट्राफिक महाशाखा प्रमुख एसएसपी भीम ढकाल, भक्तपुर परिसर प्रमुख एसपी सविन प्रधान लगायतलाई बोलाएर लकडाउनका बेला प्रहरीबाट सबै प्रकारका दुर्व्यवहार बन्द गर्न भनेका हुन् ।

सबै प्रहरी कार्यालयलाई १० बुँदे निर्देशन

प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीसहित ७ वटै प्रदेश प्रहरी कार्यालयलाई लकडाउनसँग सम्बन्धित १० बुँदे आदेश समेत जारी गरेको छ ।

कार्य एवम् अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरिबहादुर पालको हस्ताक्षर रहेको निर्देशन पत्रमा लकडाउन कार्यान्वयनका लागि परिचालन गरिने प्रहरी कर्मचारीलाई पहिले नै ब्रिफिङ गर्न पनि भनिएको छ ।

प्रहरी प्रधान कार्यालयद्वारा जारी गरिएको निर्देशनका १० बुँदा निम्नानुसार छन्–

परिचालनपूर्व प्रहरी कर्मचारीहरुलाई अनिवार्य ब्रिफिङ गर्ने,

आवत जावतका लागि जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध गराउने पासको बारेमा अनिवार्य रुपमा जानकारी गराउने,

अत्यावश्यक सेवाअन्तर्गत पर्ने तथा आवत जावत गर्न पाउनेहरुको बारेमा अनिवार्य रुपमा जानकारी गराउने,

खटिने प्रहरी कर्मचारीहरुलाई आफ्नो काम कर्तव्यको बारेमा बोध गराउने,

सर्वसाधारणलाई दुर्व्यवहार, कुटपिट, अनावश्यक हैरानी जस्ता गतिविधि नगरी मानवोचित व्यवहार गर्ने,

खटिने प्रहरी कर्मचारीहरुले आफ्नो स्वास्थ्यको ख्याल गरी चेकजाँच तथा सोधपुछ गर्ने,

आकस्मिक तथा काम विशेषले आवत जावत गर्नु परेमा कहाँ, को–कसलाई जानकारी गराउनुपर्ने हो, सो सम्बन्धमा सर्वसाधारणलाई सञ्चार माध्यमहरुबाट जानकारी गराउने व्यवस्था मिलाउने,

खटाएको ड्युटीहरुको नियमित अनुगमन गर्ने/गराउने

प्रहरी कर्मचारुहरुले बर्दि लगाइ आफ्नो परिवार तथा आफन्तहरुलाई लिइ गरिने लामो यात्रामा रोक लगाउने,

१० संगठनको छविमा आँच आउने किसिमका क्रियाकलाप गर्ने प्रहरी कर्मचारीउपर विभागीग कारबाही गर्ने ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ३ : ४३ बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार

आज २०८२ साल असार २१ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २१ गते शनिबार। असार

कलाकार लक्ष्मी श्रेष्ठको निधन

काठमाडौं – कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। । चर्चित

काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – काठमाडौं उपत्यकासहित आज देशका विभिन्न क्षेत्रमा वर्षा भएको

आधुनिक सीपसहित पुरानै पेशामा फर्किए बाजुराका कुमाल समुदाय

धनगढी – बाजुरा बाह्विसका कुमाल जाति फेरि माटोका भाँडा बनाउने