सिन्धुपाल्चोकमा कोरोना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ « Khabarhub

सिन्धुपाल्चोकमा कोरोना परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलम्ची- कोभिड–१९ संक्रमण आशंकामा परीक्षण गरिएका सिन्धुपाल्चोक जिल्लाका सबै परीक्षणले संक्रमण नभएको देखाएको छ ।

विश्वभर फैलिएको भाइरस संक्रमणको लक्षण मिलेका र विदेशबाट फर्किएकाहरुमा संक्रमण नदेखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार एक सय ४३ जनाको र्यापिड टेष्टबाट र आठ जनाको स्वाव परिक्षणबाट कोरोना भाइरस संक्रमण नभएको पुष्टि भएको हो ।

बिहिबार झण्डै एक दर्जन स्थानमा एक सय वढीको र्यापिड टेष्ट गरिएको र सबै परीक्षण नेगेटिभ पाइएको कार्यालयले जनाएको छ ।

चैत्र महिनामा बिदेशबाट फर्किएका र क्वारेन्टाइनमा बसेकाहरुमा परिक्षण गरिएको थियो ।

सबैभन्दा बढी बिदेशबाट फकिएका मेलम्चीमा २७ जनामा एकै दिन परीक्षण गरिएको र सबै नतिजा नेगेटिभ रहेको मेलम्ची नगरपालिकनकी उपप्रमुख भगवती नेपालले जाकारी दिइन् ।

गत मंगलबार कोरोना संक्रमण पुष्टि भएपछि राजधानीको सनसीटीमा बसोबास गर्ने जिल्लाका सबैको परीक्षण गरिएको छ । सनसीटीमा बस्ने र आवतजावत गरेका जिल्लाका ११ जना सबैको बिहिबार परीक्षण गरिएको छ ।

र्यापिड परिक्षणले सबैको नतिजा नेगेटिभ देखाएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णराज तिवारीले जानकारी दिए ।

बिहिबारसम्ममा जिल्लाभर २७ जना क्वारेन्टाइनमा बसेका छन् । वुधवार १८ जना थिए भने बिहिबार एकै दिन नौ जना थपिएका छन् ।

त्यस्तै लगडाउन उल्लङ्घन गरी क्वारेन्टाइन पुर्याइएका र संक्रमण परीक्षणले नेगेटिभ नतिजा देखाएका ५६ जना घर फर्किएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा हालसम्म ८३ जनाले क्वारेन्टाइन सेवा लिएका छन् । आठ जना आईसोलेसनमा उपचार गरि फर्किएका छन् । 

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ४ : ०८ बजे

जेनजी सहिदको घर पुगे प्रजिअ पौडेल

बैतडी- जेनजी आन्दोलनमा ज्यान गुमाएका बैतडीको शिवनाथ गाउँपालिका–२ का दीपक

नेपालमा रहेका खाद्यान्नमा देखियो मुटुलाई हानी गर्ने ‘ट्रान्स फ्याक्ट’ 

काठमाडौं– हामीले खाने खाद्यपदार्थहरूमा बढी ‘ट्रान्स फ्याक्ट’ हुँदा शरीरको मुख्य

प्रधानमन्त्री बनाउनु पर्ने सर्तमा रविलाई नेता मान्‍न बालेन तयार

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति

ओडिसामा गोली हानाहान, शीर्ष कमाण्डरसहित छ जना नक्सालवादी विद्रोहीको मृत्यु

नयाँदिल्ली– पूर्वी भारतीय राज्य ओडिसामा भएको प्रहरीसँगको गोली हानाहानमा मारिएका

ज्येष्ठ नागरिकको अधिकार सुनिश्चित गर्न आग्रह

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारप्रति संवेदनशील हुँदै